काठमाडौँ, २० असोज – आइसिसी विश्व टी–२० क्रिकेट अन्तर्गत एशिया छनोटमा नेपालले लगातार दोस्रो जीत निकाल्न सफल भएको छ ।
छनोटको समूह ‘बी’को दोस्रो खेलमा नेपालले आज आयोजक मलेसियालाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत निकालेको हो ।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमास ओभल मैदानमा मलेसियाले दिएको १०१ रनको सामान्य लक्ष्य नेपालले १२ ओभर ४ बलमा मात्र दुई विकेट गुमाएर पूरा ग¥यो ।
नेपालको जीतमा कप्तान पारस खड्काले अविजित ५२ र उपकप्तान ज्ञानेन्द्र मल्लले अविजित २७ रन जोडे तथा ओपनर विनोद भण्डारी १२ र अनिलकुमार साहले एक रनको योगदान गरे ।
यसअघि टस जीतेर ब्याटिङ गरेको मलेसियाले १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १०० रन मात्र बनाउन सक्यो ।
मलेसियालाई १०० रनमै सीमित गर्ने क्रममा नेपालका युवा बलर सन्दिप लामिछानेले पाँच विकेट लिएका थिए । त्यस्तै सोमपाल कामीले तीन र कप्तान पारस खड्काले एक विकेट लिएका थिए ।
यसअघि यही असोज १७ गते भएको पहिलो खेलमा नेपालले म्यानमालाई आठ विकेटले नै पराजित गरेको थियो । तेस्रो खेलमा नेपालले आइतबार थाइल्याण्डसँग खेल्नेछ । त्यस्तै असोज २३ गते भूटान, २४ गते चीन र २६ गते सिङ्गापुरसँग खेल्नेछ ।
असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यानमार र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । राउन्ड रोबिनको आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिनेछन् ।
यसअघि एसियाको पश्चिम क्षेत्रीय छनोटबाट यूएई, कतार र कुवेत दोस्रोचरणमा प्रवेश गरिसकेका छन् । दोस्रोचरणमा यूएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने तीन टोली गरी छ टोलीबीच प्रतिस्पर्धा हुनेछ । छ टोलीबीचको प्रतिस्पर्धाबाट दुई टोली अन्तिमचरणका लागि छनोट हुनेछन् ।
अन्तिमचरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र १४ मध्ये छ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन् ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो