इस्लामाबाद, १९ असोज (रासस/एएनआई)- पाकिस्तानको मन्त्रिपरिषदले तटीय सहर ग्वदरमा तेल प्रशोधन (रिफाइनरी) स्थापना गर्न साउदी अरबलाई स्वीकृति दिएको छ ।
“रिफाइनरी स्थापनाका लागि मन्त्रिपरिषदको स्वीकृतिले दुबै देशबीच समझदारीपत्रमा हस्ताक्षर गर्न बाटो खुलेको छ”- पाकिस्तानका पेट्रोलियम मन्त्री गुलाम सरवार खानले बताउनुभयो । यद्यपी, रिफाइनरी निर्माणमा हुने लगानी रकमबारे केही खुलाइएको छैन ।
मन्त्री खानले साउदी अरेबियाबाट पाकिस्तानमा हुने लगानीप्रति कुनै आपत्ति नरहेको पनि बताउनुभयो ।
पाकिस्तानमा इमरान खानको नेतृत्वको सरकार गठन भएयता यो सबैभन्दा ठूलो वैदेशिक लगानी हो । मन्त्री खानले ग्वदरमा रिफाइनरी निर्माण गर्ने सम्बन्धमा साउदी अरेबियाको उच्च प्रतिनिधिमण्डलले हालै स्थलगत अवलोकन समेत गरिसकेको जानकारी दिनुभयो ।
मन्त्री खानले चीन–पाकिस्तान आर्थिक करिडोर (सीपेक) परियोजना समेतका अन्य कार्यक्रममा साउदी अरेबियाले लगानी बढाउन रुचि देखाएको पनि बताउनुभयो । “अहिले हामीलाई तीन चारवटा खनिज तेल प्रशोधन प्लान्टको जरुरी छ र हामीले साउदी, चिनीया, युएई, रुसी वा अरु कुनै पनि देशको लगानीका लागि खुला गरेका छौं । पाकिस्तानले अझ राम्रो लगानी वातावरण तयार गर्दैछ ।”
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?