इस्लामाबाद, १९ असोज (रासस/एएनआई)- पाकिस्तानको मन्त्रिपरिषदले तटीय सहर ग्वदरमा तेल प्रशोधन (रिफाइनरी) स्थापना गर्न साउदी अरबलाई स्वीकृति दिएको छ ।
“रिफाइनरी स्थापनाका लागि मन्त्रिपरिषदको स्वीकृतिले दुबै देशबीच समझदारीपत्रमा हस्ताक्षर गर्न बाटो खुलेको छ”- पाकिस्तानका पेट्रोलियम मन्त्री गुलाम सरवार खानले बताउनुभयो । यद्यपी, रिफाइनरी निर्माणमा हुने लगानी रकमबारे केही खुलाइएको छैन ।
मन्त्री खानले साउदी अरेबियाबाट पाकिस्तानमा हुने लगानीप्रति कुनै आपत्ति नरहेको पनि बताउनुभयो ।
पाकिस्तानमा इमरान खानको नेतृत्वको सरकार गठन भएयता यो सबैभन्दा ठूलो वैदेशिक लगानी हो । मन्त्री खानले ग्वदरमा रिफाइनरी निर्माण गर्ने सम्बन्धमा साउदी अरेबियाको उच्च प्रतिनिधिमण्डलले हालै स्थलगत अवलोकन समेत गरिसकेको जानकारी दिनुभयो ।
मन्त्री खानले चीन–पाकिस्तान आर्थिक करिडोर (सीपेक) परियोजना समेतका अन्य कार्यक्रममा साउदी अरेबियाले लगानी बढाउन रुचि देखाएको पनि बताउनुभयो । “अहिले हामीलाई तीन चारवटा खनिज तेल प्रशोधन प्लान्टको जरुरी छ र हामीले साउदी, चिनीया, युएई, रुसी वा अरु कुनै पनि देशको लगानीका लागि खुला गरेका छौं । पाकिस्तानले अझ राम्रो लगानी वातावरण तयार गर्दैछ ।”
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी