स्टकहोम, १७ असोज – सन् २०१८ रसायन शास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई संयुक्तरूपमा प्रदान गरिनेभएको छ ।
विश्व चर्चित र प्रतिष्ठित यो नोबेल पुरस्कार प्राप्त गर्ने व्यक्तिहरूमा दुई जना अमेरिकी र एक जना बेलायती नागरिक हुनुहुन्छ ।
‘द रोयल स्वीडिस् एकेडेमी अफ साइन्सले बुधबार ती तीन व्यक्तिलाई उक्त पुरस्कार प्रदान गर्ने घोषणा भएको जानकारी दिएको छ ।
सो पुरस्कार प्राप्त गर्नेमा अमेरिकी वैज्ञानिक फ्रान्सिस् अर्नोल्ड र जर्ज स्मिथ हुनुहुन्छ । त्यसैगरी बेलायती अनुसन्धानकर्ता ग्रेगरी विन्टर रहनुभएको छ ।
जैविक इन्धनदेखि औषधिसम्मका हरेक वस्तुको निर्माणमा प्रयोग हुने प्रोटिनको विकास गर्ने उत्पत्तिको सिद्धान्त प्रतिपादन गरेकोमा उहाँहरूलाई यो पुरस्कार दिइने भएको हो । उहाँहरूले ‘डिरेक्टिड इभ्युलुशन’ नाम दिइएको प्रविधि प्रयोग गरेर नयाँ प्रोटिन बनाउनु भएको थियो ।
यस विधिबाट उत्पादित एन्टिबडी सन् २००२ मै औषधीय प्रयोगका लागि स्वीकृत भएको थियो । बाथ, सराइअसिस भनिने चर्मरोग र पेटमा हुने विभिन्न रोगको उपचारमा त्यसको प्रयोग हुने गरेको छ ।
पुरस्कार पाउनेमध्ये अर्नोल्डले ९० लाख स्वीडिश क्रोनर अर्थात् झन्डै १० लाख अमेरिकी डलर पुरस्कार राशिको आधा भाग पाउनुहुनेछ भने स्मिथ र विन्टरले बाँकी रकमको आधा आधा पाउनुहुने छ ।
यसअघि गत सोमवार चिकित्साशास्त्र विधातर्फको नोबल पुरस्कारको घोषणा भएको थियो भने पर्सि शुक्रबार शान्तितर्फ र आगामी सोमबार अर्थशास्त्र तर्फका विजेताको नाम घोषणा गरिनेछ ।
यस वर्ष साहित्य विधाको नोबल पुरस्कार विजेताको नाम भने घोषणा नगरिने भएको छ । त्यो पुरस्कार अर्को वर्ष सन् २०१८ र २०१९ का विजेताको घोषणा एकैचोटि गर्ने निर्णय भइसकेको छ ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी