काठमाडौँ, १७ असोज – आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’ को पहिलो खेलमा नेपालले आज म्यान्मालाई आठ विकेटले पराजित गरेको छ ।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमास ओभल मैदानमा भएको खेलमा म्यान्माले दिएको ३० रनको झिनो लक्ष्य नेपालले तीन ओभरमा मात्र दुई विकेट गुमाएर पूरा गरयो । टस जितेर पहिले ब्याटिङ गरेको म्यान्माले १० ओभरमा अलआउट हुँदै २९ रन मात्र जोडेको थियो । म्यान्माका लागि कप्तान लिन अङले सर्वाधिक १६ रन जोडको थिए ।
म्यान्माका पाँच ब्याट्सम्यान शून्य रनमा आउट भएका थिए । नेपालका सन्दीप लामिछानेले चार र ललित राजवंशीले तीन विकेट लिएका थिए । ३० रनको सामान्य लक्ष्य लिएर मैदान उत्रेको नेपालले किरण केसीको अविजित अनिलकुमार साहले ११ र विनोद भण्डारी एक रनमा अविजित रहे । नेपालले मात्र तीन ओभरमै लक्ष्य पूरा गरेको थियो ।
नेपालले म्यानमारलाई दोस्रो पटक हराएको हो । यसअघि सन् २००६ को एसिसी ट्रफीमा नेपालले म्यान्मालाई १० विकेटले पराजित गरेको नेपाली राष्ट्रिय टोलीका टोली व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिनुभयो । नेपालको राष्ट्रिय टोलीले सन् २००६ पछि पहिलो पटक म्यान्मासँग खेलेको हो । सन् २००६ को एसिसी ट्रफीमा नेपालले म्यान्मालाई १० विकेटले पराजित गरेको थियो ।
असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यान्मा र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिनेछन् ।
यसअघि एशियाको पश्चिम क्षेत्रीय छनोटबाट युएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । दोस्रो चरणमा युएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने तीन टोल गरी छ टोलीबीच प्रतिस्पर्धा हुनेछ । छ टोलीबीचको प्रतिस्पर्धाबाट दुई टोली अन्तिम चरणका लागि छनोट हुनेछन् ।
अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र १४ मध्ये छ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन् ।
नेपाली टोलीमा पारस खड्का (कप्तान), अनिलकुमार साह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी तथा वैकल्पिक खेलाडीमा सुनील धमला, सहाब अलाम, दीपेश श्रेष्ठ र सागर पुन छन् ।
नेपाली टोलीको मुख्य प्रशिक्षकमा जगत टमाटा, फिजियोमा दिनेश भट्ट, व्यवस्थापकमा रमन शिवाकोटी हुनुहुन्छ । छनोट प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल २० गते मलेसिया, २१ गते थाइल्याण्ड, २३ गते भुटान, २४ गते चीन र २६ गते सिङ्गापुरसँग खेल्नेछ ।
सन् २०२० मा अस्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेटको पहिलो चरणको छनोट प्रतियोगितामा सहभागी हुन नेपाली टोली यही असोज १५ गते मलेसिया गएको हो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न