लण्डन । गैर आवासीय नेपाली संघले काठमाडौंमा प्रथम एनआरएन विश्व विज्ञ सम्मेलनको तयारी गरेको छ ।
विदेशमा नेपालीले सिकेको ज्ञान, सीप र अनुभवलाई पनि नेपालको समृद्धिका लागि उपभोग गर्नुपर्छ भन्ने महसुस भएर १२ देखि १४ अक्टोबरसम्म काठमाडौंमा सम्मेलन गर्न लागिएको संयोजक मध्ये एक डा. हेमराज शर्माले जनाए ।
‘राष्ट्रले कल्पना गरेको ‘समृद्ध नेपाल’ निर्माण गर्नका लागि दक्ष गैरआवासीय नेपालीहरुको पहिचान गर्दै उनीहरुको ज्ञान र सीपलाई कसरी सदुपयोग गर्न सकिन्छ भन्नेबारे पनि सम्मेलन केन्द्रित रहनेछ’ शर्माले भने ।
नेपालबारे अध्ययन अनुसन्धान गरेका विदेशी सहित करिब ४ सय जनाले सम्मेलनमा भाग लिनेछन् । सम्मेलनमा दिल्ली मेट्रोका ईन्जिनियर, युनेस्कोका विज्ञान तथा प्रविधि नीति सम्बन्धि विज्ञका साथ भारत, ईटाली, अमेरिका, क्यानाडा, अष्ट्रेलिया लगायत देशबाट करिब १० जना विदेशी विज्ञहरुले भाग लिने जनाइएको छ ।
सम्मेलनको पहिलो दिनका विभिन्न सत्रमा नेपालको विज्ञान तथा प्रविधिको नीति, प्राविधिक जनशक्तिको अवस्था, ज्ञानमा आधारित आर्थिक विकास र देशले लिने आर्थिक विकासको बाटोका बारेमा छलफल हुनेछ । नेपाललाई उपयुक्त हुने नयाँ प्रविधिको संभावना र यस क्षेत्रमा लगानी बिषयमा पनि छलफल हुनेछ । साथै नेपालको विकासको नीति निर्माणमा डायस्पोराको कस्तो भूमिका हुन्छ भन्ने बिषयमा केन्द्रित सत्रहरु पनि समाबेश गरिने आयोजकले जनाएका छन् ।
दोश्रो दिन कृषि, स्वास्थ्य, शिक्षा, भौतिक विकास तथा ईन्जिनियरिङ, वैकल्पिक उर्जा, विज्ञान तथा प्रविधि, जोखिम न्यूनिकरण, वातावरणीय प्रदुषणदेखि फाईनान्सियल रिफर्म, सामाजिक सुरक्षा लगायतका समानान्तर सत्रहरु रहने बताइएको छ ।
तेश्रो दिन सम्मेलनको समिक्षा, निष्कर्ष र भविष्यको रणनीति तयार गर्ने तथा सोही दिन नेपाल सरकारका विभिन्न निकाय र विज्ञहरुबीच पनि छलफल र परामर्श हुने तय भएको छ ।
‘एनआरएनमा ब्यापारीहरुको सहभागिता रहँदै आएको र प्राज्ञिक क्षेत्रका मानिसहरुको सहभगिता न्यून छ भन्ने गुनासो छ। प्राज्ञिक क्षेत्रका गैरआवासीय नेपालीहरुलाई पनि आफ्नो ज्ञान र क्षमता देखाउने यो राम्रो अवसर हो’, अर्का संयोजक एवम एनआरएन उपाध्यक्ष कुमार पन्त भन्छन्, ‘नेपालका राजनीतिज्ञ र एनआरएन नेताहरुसँग गुनासो गरेर बस्नु भन्दा आँफैले केही गरेर देखाउने बेला आएको छ ।
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल