लण्डन, बेलायत, १४ असोज – प्रधानमन्त्री टेरेजा मेले ब्रेक्जिटबारे ‘चेकर्स’ योजना विरुद्ध रहेका आलोचकले बेलायतको यूरोपेली यूनियनबाट बहिर्गमन सम्बन्धमा राजनीतिक सौदाबाजी गरेको आइतबार बताउनुभएको छ ।
बेलायती पत्रिका सण्डे टाइम्सलाई दिएको अन्तवार्तामा प्रधानमन्त्रीले ब्रेक्जिटलाई देखाएर अनावश्यक राजनीति गरेको आरोप लगाउनुभएको हो । उहाँले चेकर्सको कार्यक्रम ब्रेक्जिटलाई अघि बढाउने व्यवहारिक रणनीति मात्र हो । उहाँले आफुले प्रधानमन्त्रीका रूपमा अझै दीर्घकालीन काम गर्न लागेको सङ्केत गर्नुभयो ।
बेलायत र इयूबीच ‘साझा कानून’मार्फत सामान आदानप्रदान गर्ने आफ्नो योजना सार्वजनिक गर्दै मेले भन्नुभयो- ‘सेवाका लागि भने छुट्टै आधार तय हुनेछ ।’ उत्तरी आएरल्याण्ड तथा आइरिस गणतन्त्रबीचको कठोर सीमानीतिलाई सम्बोधन गर्ने विश्वसनीय आधार खोजिने पनि बताउनुभयो ।
मेको उक्त रणनीतिलाई ब्रेक्जिट पक्षधरबाट नै कडा रूपमा आलोचित बनेको छ । उनीहरूले मेको चेकर्स योजनाले बेलायतको सार्वभौमसत्तामाथि सम्झौता गर्ने र सन् २०१६ को जनमतसङ्ग्रहको मतदानलाई धोखा दिने बताउनुभयो ।
पूर्व विदेशमन्त्री बोरिस जोनसनले प्रधानमन्त्री मे ब्रेक्जिट धारणाबाट ‘विचलित’ भएको बताउनुभएको छ ।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा