लण्डन, बेलायत, १४ असोज – प्रधानमन्त्री टेरेजा मेले ब्रेक्जिटबारे ‘चेकर्स’ योजना विरुद्ध रहेका आलोचकले बेलायतको यूरोपेली यूनियनबाट बहिर्गमन सम्बन्धमा राजनीतिक सौदाबाजी गरेको आइतबार बताउनुभएको छ ।
बेलायती पत्रिका सण्डे टाइम्सलाई दिएको अन्तवार्तामा प्रधानमन्त्रीले ब्रेक्जिटलाई देखाएर अनावश्यक राजनीति गरेको आरोप लगाउनुभएको हो । उहाँले चेकर्सको कार्यक्रम ब्रेक्जिटलाई अघि बढाउने व्यवहारिक रणनीति मात्र हो । उहाँले आफुले प्रधानमन्त्रीका रूपमा अझै दीर्घकालीन काम गर्न लागेको सङ्केत गर्नुभयो ।
बेलायत र इयूबीच ‘साझा कानून’मार्फत सामान आदानप्रदान गर्ने आफ्नो योजना सार्वजनिक गर्दै मेले भन्नुभयो- ‘सेवाका लागि भने छुट्टै आधार तय हुनेछ ।’ उत्तरी आएरल्याण्ड तथा आइरिस गणतन्त्रबीचको कठोर सीमानीतिलाई सम्बोधन गर्ने विश्वसनीय आधार खोजिने पनि बताउनुभयो ।
मेको उक्त रणनीतिलाई ब्रेक्जिट पक्षधरबाट नै कडा रूपमा आलोचित बनेको छ । उनीहरूले मेको चेकर्स योजनाले बेलायतको सार्वभौमसत्तामाथि सम्झौता गर्ने र सन् २०१६ को जनमतसङ्ग्रहको मतदानलाई धोखा दिने बताउनुभयो ।
पूर्व विदेशमन्त्री बोरिस जोनसनले प्रधानमन्त्री मे ब्रेक्जिट धारणाबाट ‘विचलित’ भएको बताउनुभएको छ ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित