
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको शहिद स्मारक ए’ डिभिजन लिग फुटबल प्रतियोगिता २०७५ को उदघाटन खेलमा त्रिभुवन आर्मी क्लव र न्यूरोड टिम (एनआरटी) बीचको खेल हुँदै । तस्वीर – रोशन सापकोटा, रासस
काठमाडौँ, १३ असोज – शहीद स्मारक ‘ए’ डिभिजन लिगको आजको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र न्यूरोड टिम (एनआरटी)ले बराबरी खेलेका छन् ।
सातदोबाटोस्थित अखिल नेपाल फूटबल सङ्घ (एन्फा) मैदानमा आर्मी र एनआरटीले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । एनआरटीका लागि रोजित पुडासैनीले खेलको १२औँ मिनेटमा गोल गर्दै अग्रता लिएका थिए । खेलको ३८औँ मिनेटमा पेनाल्टीमार्फट गोल गर्दै आर्मीले खेल बराबरी गरयो ।
एनआरटीका खेलाडीले डिबक्सभित्र बल ‘ह्याण्ड’ गरेपछि रेफ्रीले आर्मीलाई पेनाल्टीको अवसर दिएका थिए । आर्मीका सन्तोष तामाङले पेनाल्टी सदुपयोग गरी खेल बराबरीमा ल्याएका हुन् । राष्ट्रिय टोलीका स्ट्राइकर भरत खवास, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की लगायतको सशक्त अग्रपङ्क्ति रहे पनि आर्मीले एनआरटीविरुद्ध अपेक्षाकृत प्रदर्शन गर्न सकेन । यद्यपि खेलको अन्तिम समयमा पाएको फ्रिकिकमा गोल गरी आर्मीले खेल बराबरी गरेको हो ।
पहिलो हाफमा एक÷एक गोलको बराबरी भए पनि दोस्रो हाफमा एनआरटीले पुनःअग्रता लिएको थियो । खेलको ६४औँ मिनेटमा एनआरटीका राजेश परियारले गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए । खेलको अन्तिम समयमा आर्मीका सन्तोष तामाङले व्यक्तिगत दोस्रो गोल गरी खेल बराबरीमा ल्याए । बराबरीसँगै दुवै टोलीले समान एक-एक अङ्क बाँडेका छन् ।
लिगअन्तर्गत आइतबार सङ्कटा क्लब र सरस्वती युथ क्लबबीच खेल हुनेछ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?