
प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका लागि नेपाली महावाणिज्य दूतावासको निरीक्षण गर्नुभएपछि सामुहिक तस्बिर लिनुहुँदै । तस्बिर – सुरेन्द्रबहादुर नेपाली, रासस
न्यूयोर्क, १३ असोज – प्रधानमन्त्री केपी शर्मा ओलीले आज अमेरिकाका लागि नेपाली महावाणिज्य दूतावासको निरीक्षण गर्नुभयो ।
उहाँलाई कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराई तथा दूतावासका अन्य कर्मचारीले दूतावासका कामकारवाहीका विषयमा जानकारी दिनुभएको थियो ।
उक्त अवसरमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले कर्मचारीले राखेका समस्या तथा कठिनाइ समाधान गर्न पहल हुने जानकारी दिनुभयो ।
दूतावासले आज प्रधानमन्त्री तथा प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गरेको थियो । उक्त अवसरमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य पनि सहभागी हुनुहुन्थ्यो ।
उक्त अवसरमा प्रधानमन्त्री ओलीका साथमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, अमेरिकाका नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी रहनुभएको थियो ।
प्रधानमन्त्री ओलीद्वारा नेपाली स्थायी नियोग निरीक्षण
प्रधानमन्त्री ओलीले आज संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगको निरीक्षण गर्नुभयो ।
प्रधानमन्त्री ओलीलाई नियोगका काम कारवाहीका विषयमा कार्यवाहक प्रमुख निर्मलराज काफ्ले तथा अन्य कर्मचारीले जानकारी दिनुभएको थियो ।
उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नियोगका कर्मचारीलाई मुलुकको छवि अन्तर्राष्ट्रिय जगतमा उजिल्याउने गरी काम गर्न आग्रह गर्नुभयो । उहाँले नेपालको आफ्नै शान्ति प्रक्रियाका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिन पनि आग्रह गर्नुभयो ।
उक्त अवसरमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य पनि सहभागी हुनुहुन्थ्यो ।
प्रधानमन्त्री ओलीका साथमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, अमेरिकाका नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, परराष्ट्र मन्त्रालयका पदाधिकारीहरु रहनुभएको थियो ।
प्रधानमन्त्रीद्वारा भेटघाट
प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ संयुक्त राष्ट्र सङ्घका लागि नेपाली नियोगमा अमेरिकास्थित विभिन्न नेपाली समुदाय तथा गैरआवासीय नागरिक (अमेरिका) का प्रतिनिधिहरूसँग भेट गर्नुभयो ।
प्रधानमन्त्री ओली कोस्टारिकाको औपचारिक भ्रमणका लागि भोलि त्यसतर्फ प्रस्थान गर्नुहुनेछ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद