
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङघका महासचिव एन्टोनियो गुटेरेससँग शुक्रबार न्यूयोर्कमा भेटवार्ता गर्दै । तस्वीर सौजन्य–न्यूयोर्कस्थित संयक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, रासस
न्यूयोर्क, १२ असोज – प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ ।
उक्त अवसरमा नेपाल तथा राष्ट्र सङ्घबीच सहयोगका विभिन्न पक्षका विषयमा छलफल भएको राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगले आज विज्ञप्ति प्रकाशन गरी जनाएको छ । उहाँहरुबीच शान्ति स्थापना गर्ने अभियान र त्यसमा नेपालको भूमिका विस्तार गर्ने विषयमा पनि छलफल भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
महासचिव गुटेरेसले शान्तिपूर्ण सङ्क्रमणमा नेपालमा सशक्त प्रजातन्त्र स्थापना हुनु उदाहरणीय भएको बताउँदै नेपालको पुनःसंरचना तथा दिगो विकासका लक्ष्य प्राप्त गर्न राष्ट्रसङ्घीय सहयोगको वचनबद्धता दोहोरयाउनुभयो । प्रधानमन्त्री ओलीले नेपालको विकासमा राष्ट्र सङ्घको सहयोगप्रति कृतज्ञता प्रकट गर्नुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
ठगीबाट सचेत रहन नेपाली दूतावास लन्डनको आग्रह
बेलायतको बोर्नमथमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची