अल्डरशट। ग्रेटर रशमोर नेपाली कम्युनिटीले नेपालबाट आएका नव आगन्तुक भूतपूर्व गोर्खा र उनका सन्तानलाई लक्षीत गरी बेलायतका अत्यावशकीय सेवाका बारेमा जानकारी दिएको छ। बेलायतको रहनसहन, उठबस, शिक्षा, स्वास्थ्य, नागरिक अधिकार र कर्तव्य, सेवा तथा सुबिधाका बारेमा कार्यक्रममा सूचित गराइएको थियो ।
कार्यक्रमको लागि क्यान (CAN) इन्टर्नेशनल र रशमोर बोरो काउन्सिलले पार्टनरको रुपमा सहयोग गरेका थिए। स्थानीय एम्पायर हाउस, अल्डरशटमा विहीबार भएको उक्त कार्यक्रमको संयोजन उपाध्यक्ष नेम थापाले गरेका थिए ।
कार्यक्रममा सिटिजन एड्भाइस ब्युरो, रशमोर ब्रो काउन्सिल, स्थानिय प्रहरी, फ्रेमिली पार्क हस्पिटल, रशमोर हेल्थी लिविंग, १० क्यूओजिएलआर, टक प्लस, हाउजिङ्ग, रशमोर फायर एण्ड रेस्क्यु सर्भिस, क्यान इन्टर्नेशनल, यूके नेपाल फ्रेन्डशिप सोसाइटी, जीआरएनसी लगायतले आवश्यक जानकारी गराएका थिए ।
यसैगरी काउन्सिल लिडर डेभिड क्लिफोर्डले सम्पूर्ण नव आगन्तुकलाई रशमोरमा स्वागत गर्दै नेपालीहरुको परम्परा, स्वाबलम्बन, गहिरो पारिवारिक सम्बन्धबाट धेरै कुरा सिक्न पाएको बताए ।
जेष्ठ नागरिकहरुको दैनिकी एवं बेलायती जीवनमा जान्नै पर्ने विषयलाई विशेष प्राथमिकतामा राखिएको सो कार्यक्रमको सुरुवात अध्यक्ष जीव बेलबासेको स्वागत मन्तव्यबाट भएको थियो भने सम्पूर्ण कार्यक्रम उपाध्यक्ष एवं संयोजक नेम थापाले संचालन गरेका थिए ।
करिब ५०० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा जीआरएनसी कार्यसमिति र सल्लाहकारको सहयोगका साथै वरिष्ठ उपाध्यक्ष रामधन राई, उपाध्यक्ष रन्जिता मल्ल, महासचिव मान गुरुङ, सल्लाहकारहरु क्याप्टेन वीर थापा, क्याप्टेन बिष्णु श्रेष्ठ, क्याप्टेन केशर राना, स्वयम सेवक मधत समूह, स्वयम सेवक गोर्खा चौतारी, एम्पायर हलका प्रबन्धक पुरन गिरी र उनका कर्मचारीहरुको भूमिका सराहनीय थियो ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित