अल्डरशट। ग्रेटर रशमोर नेपाली कम्युनिटीले नेपालबाट आएका नव आगन्तुक भूतपूर्व गोर्खा र उनका सन्तानलाई लक्षीत गरी बेलायतका अत्यावशकीय सेवाका बारेमा जानकारी दिएको छ। बेलायतको रहनसहन, उठबस, शिक्षा, स्वास्थ्य, नागरिक अधिकार र कर्तव्य, सेवा तथा सुबिधाका बारेमा कार्यक्रममा सूचित गराइएको थियो ।
कार्यक्रमको लागि क्यान (CAN) इन्टर्नेशनल र रशमोर बोरो काउन्सिलले पार्टनरको रुपमा सहयोग गरेका थिए। स्थानीय एम्पायर हाउस, अल्डरशटमा विहीबार भएको उक्त कार्यक्रमको संयोजन उपाध्यक्ष नेम थापाले गरेका थिए ।
कार्यक्रममा सिटिजन एड्भाइस ब्युरो, रशमोर ब्रो काउन्सिल, स्थानिय प्रहरी, फ्रेमिली पार्क हस्पिटल, रशमोर हेल्थी लिविंग, १० क्यूओजिएलआर, टक प्लस, हाउजिङ्ग, रशमोर फायर एण्ड रेस्क्यु सर्भिस, क्यान इन्टर्नेशनल, यूके नेपाल फ्रेन्डशिप सोसाइटी, जीआरएनसी लगायतले आवश्यक जानकारी गराएका थिए ।
यसैगरी काउन्सिल लिडर डेभिड क्लिफोर्डले सम्पूर्ण नव आगन्तुकलाई रशमोरमा स्वागत गर्दै नेपालीहरुको परम्परा, स्वाबलम्बन, गहिरो पारिवारिक सम्बन्धबाट धेरै कुरा सिक्न पाएको बताए ।
जेष्ठ नागरिकहरुको दैनिकी एवं बेलायती जीवनमा जान्नै पर्ने विषयलाई विशेष प्राथमिकतामा राखिएको सो कार्यक्रमको सुरुवात अध्यक्ष जीव बेलबासेको स्वागत मन्तव्यबाट भएको थियो भने सम्पूर्ण कार्यक्रम उपाध्यक्ष एवं संयोजक नेम थापाले संचालन गरेका थिए ।
करिब ५०० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा जीआरएनसी कार्यसमिति र सल्लाहकारको सहयोगका साथै वरिष्ठ उपाध्यक्ष रामधन राई, उपाध्यक्ष रन्जिता मल्ल, महासचिव मान गुरुङ, सल्लाहकारहरु क्याप्टेन वीर थापा, क्याप्टेन बिष्णु श्रेष्ठ, क्याप्टेन केशर राना, स्वयम सेवक मधत समूह, स्वयम सेवक गोर्खा चौतारी, एम्पायर हलका प्रबन्धक पुरन गिरी र उनका कर्मचारीहरुको भूमिका सराहनीय थियो ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने