माले, ७ असोज – माल्दीभ्समा राष्ट्रपति चयनका लागि आइतबार बिहानैदेखि देशव्यापी मतदान शुरु भएको छ । मतदानका लागि हजारौं मतदाता बिहानैदेखि विभिन्न मतदान केन्द्रहरुमा उत्साहजनक रुपमा लामबद्ध देखिएको माल्दीभ्सको निर्वाचन आयोगले जनाएको छ ।
माल्दीभ्समा यस पटक दुई लाख ६२ हजार १३५ जना मतदाता रहेका छन् । द्वीप समूहले बनेको माल्दीभ्समा चुनावका लागि देशभर ४७२ वटा मतदान केन्द्र रहेका छन् ।
मतदानको प्रारम्भिक नतिजा सोमबार बिहान प्राप्त हुने र असोज १४ गतेसम्ममा अन्तिम परिणाम घोषणा हुने स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
विवादको घेरामा रहेको यस पटकको राष्ट्रपतीय चुनावमा मतदानको पूर्वसन्ध्यामा विपक्षी दलको प्रचार कार्यालयमा प्रहरीले छापा मारेको बताइएको छ ।
राष्ट्रपति अब्दुल्ला यामीन र उहाँका प्रतिस्पर्धी इब्राहिम मोहमद सोलिहले राजधानी मालेमा मतदान गर्ने कार्यक्रम छ ।
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी