लन्डन । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पा दुई उपाध्यक्षका साथ शनिबार साँझ लन्डन उत्रिएका छन् ।
लन्डनमा सोमबार हुन लागेको अन्तर्राष्ट्रिय फुटबल संघ (फिफा) को वार्षिक अवार्ड वितरण समारोहमा सहभागी हुन एन्फा अध्यक्ष शेर्पासंगै उपाध्यक्षयद्धय कृष्णबहादुर थापा र उपेन्द्रमानसिंह लन्डन आइपुगेका हुन् । अन्तर्राष्ट्रिय फुटबल जगतमा एउटा प्रतिष्ठित इभेन्ट ‘तेश्रो फिफा फुटबल अवार्डस्’ लन्डनस्थित रोयल फेस्टिबल हलमा हुंदैछ ।
विमानस्थल उत्रिएपछि एन्फा अध्यक्ष शेर्पाले आफ्नो बेलायत भ्रमणको उद्देश्य र नेपालमा फुटबल विकासका लागि संस्थाले चालेको अग्रगामी पहल सम्वन्धमा प्रतिक्रिया दिंदै बेलायतवासी नेपालीबाट समेत सहयोगको अपेक्षा व्यक्त गरे ।
एन्फा पदाधिकारीहरुलाई हिथ्रो विमानस्थलमा सहारा यूके अध्यक्ष मिनबहादुर गुरुङ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बेलायतका अध्यक्ष सिद्धार्थविक्रम क्षेत्री, सहारा यूके सल्लाहकार महेश गुरुङ, तमुधिं यूके पूर्व अध्यक्ष रामचन्द्र (सुर्जे) गुरुङ लगायत नेपाली समुदायका अग्रजले स्वागत गरेका थिए । पछि एन्फा पदाधिकारीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बेलायतका अध्यक्ष सिद्धार्थविक्रम क्षेत्रीले माया पबमा रात्रीभोजसहित स्वागत गरेका थिए ।
पहिलो पटक बेलायत आएका एन्फा पदाधिकारीहरुले २७ सेप्टेम्बरमा नेपाल फर्कनुअघि फिफा कार्यक्रमबाहेक नेपाली समुदायसंग समेत अन्तरक्रिया गर्ने तय भएको छ । सहारा यूकेले मंगलबार एन्फा टोलीसंग अल्डरसटमा एक अन्तरक्रिया र अल्डरसट एफसी अफिसियलसंग बैठक तय गरेको छ । अल्डरसट एफसीसंगको बैठकपछि रात्रीभोज गरिने छ ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित