लन्डन । नेपालका दुई राष्ट्रिय कलाकारहरु सिर्जु अधिकारी र कला लम्सालले लन्डन साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा आफ्नो कला प्रस्तुत गर्ने भएका छन् । हाल बेलायत टुरमा रहेका दुई कलाकारसहित गायक बालचन्द्र बरालले यही आइतबार सांझ गोल्डेनसीपमा लोक दोहोरी प्रस्तुत गर्न लागेका हुन् ।
यतिखेर बेलायतका विभिन्न शहरमा गायन प्रस्तुत गर्न व्यस्त गायिकाद्वय र गायक बरालले कार्यक्रममा दर्शकको रोजाइ र माग अनुसार दोहोरी प्रस्तुत गर्ने आयोजक देव गुरुङले जानकारी दिए ।
गोल्डेनसीप रेष्टुरेन्टका सञ्चालक गुरुङले कार्यक्रममा आएर मनोरन्जन लिन सबैलाई निम्तो दिएका छन् ।
सिर्जु र कलाले शान्ति नेपाली समाज बेलायत, नेपलिज ब्रिटिश कम्युनिटी यूके, धादिङ नुवाकोट समाज यूके, हाम्रो नेपाली समाज, लन्डनस्थित नेपाली दूतावास लगायतका आधा दर्जन बढि कार्यक्रममा सहभागिता जनाइसकेका छन् ।
सिर्जुले ६ अक्टोबरमा अष्ट्रेलियाको सिड्नी अघि लन्डनमै थप कार्यक्रम गर्ने बताइन् । ‘बेलायतका नेपालीको माया र साथले उत्साहित छु’, सिर्जुले भनिन्, ‘साउथहयारोको कार्यक्रममा समेत आएर हामीलाई हौसला बढाइदिनुहोला ।’
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा विदेशबाट पनि मतदान गर्न मिल्ने
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी