वासिङ्टन, ३ असोज – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधीवक्ता जेफ सेसनबिरुद्ध फेरि आक्रोस पोख्नुभएको छ । उहाँले भन्नुभयो, “मलाई सहयोग गर्ने महान्यायाधीवक्ता नै छैनन् ।”
हील टेलिभिजनलाई दिएको एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आफू जेसनको कार्यबाट ज्यादै दुःखित भएको बताउनुभएको छ । अमेरिकाको गत राष्ट्रपतीय चुनावमा रुसीहरुको संलग्नता सम्बन्धी एक अनुसन्धानबाट सेसनले आफूलाई अलग राखेकामा ट्रम्पले पटकपटक आक्रोस पोख्दै आउनुभएको छ ।
राष्ट्रपति ट्रम्पले अन्तवार्तामा सेसनले त्यस्तो गर्नुपर्ने आवश्यकता नै थिएन भन्नुभएको छ । तर न्याय विभागको निर्देशिकामा महान्यायाधीवक्ता सेसन स्वयं राष्ट्रपतीय चुनावताका रुसीहरुसँगको एक बैठकमा सहभागी रहेकाले अनुसन्धान प्रक्रियामा सहभागी हुन नपाउने प्रावधान छ ।
सीमा समेतका धेरैवटा मुद्दामा जेफ सेसनको कार्यसम्पादन आफूलाई चित्त नबुझेको पनि राष्ट्रपति ट्रम्पले बताउनुभयो । उहाँले सेसनका सम्बन्धमा भविष्यमा के गर्ने भन्ने अझै टुङ्गो नलागेको पनि बताउनुभयो ।
ट्रम्पका सल्लाहकारहरुले सेसनलाई कम्तीमा यही नोभेम्बरमा हुने मध्यावधी चुनावसम्म हटाउन नहुने सल्लाह दिएको बताइन्छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा