सोल, दक्षिण कोरिया, २ असोज – दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाली नेता किम जोङ अनबीच मङ्गलबार वार्ता भएको छ ।
दुई कोरियाली नेताबीच कोरियालाई आणविक रूपमा निशस्त्रीकरण तथा उक्त प्रायद्वीपको स्थायी शान्तिका लागि उत्तर कोरियाली सत्ताधारी दल वर्कर्स पार्टीको मुख्यालयमा दुई घण्टा लामो वार्ता भएको हो ।
वार्तापहिले राष्ट्रपति मुन र नेता किमले प्योङयाङका सडकमा सवारी हाँक्दै गर्दा सडकका दुई किनारामा बसेका हजारौँ कोरियाली नागरिकले उहाँहरूलाई तालीसहित भव्य स्वागत गरेका थिए ।
कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गराउँन अमेरिकासँग भएको र हाल अवरुद्ध अवस्थामा रहेको वार्तालाई पुनः सञ्चालन गर्ने तयारीका साथ राष्ट्रपति मुन प्योङयाङ पुग्नुभएको हो । प्योङयाङ अन्तराष्ट्रिय विमानस्थलमा स्वागतका लागि पुगेका उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन विमानस्थलमा एकआपसमा अँगालो मार्दै स्नेह र आत्मियताको भाव साटासाट गर्नुभएको थियो ।
सडकमा स्वागतका लागि बसेका कोरियालीहरूले हातमा फुलका गुच्छा समातेर एक स्वरमा ‘राष्ट्रको पुनः एकीकरण’ को गीत गाएका थिए ।
वर्कर्स पार्टीको वार्ताको शुरुवात गर्दै दक्षिण कोरियाली नेता मुनले किमसँग भन्नुभयो, “ म हामीमाथि रहेको भारबारे पूर्णतया सम्वेदनशील रहेको छु ।” उहाँले थप्नुभयो, “मलाई भारी जिम्मेवारीपनको वोध भएको छ ।”
मुनले भन्नुभयो, “सम्पूर्ण विश्वले हेरिरहेको छ । म शान्ति र समृद्धिको नतिजालाई विश्वभर देखाउन चाहन्छु ।”
मुनका आफ्नै अभिभावक पनि कोरियाली युद्धका समय उत्तर कोरियातर्फ भागेका थिए ।
आफ्ना पाहुनालाई सम्मानपूर्ण भावमा सम्बोधन गर्दै किमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग गत जुन महिनामा ऐतिहासिक सिङ्गापुर शिखर सम्मेलनका लागि मध्यस्थता गरेकोमा मुनको प्रशंसा गर्नुभयो ।
यसले यस क्षेत्रलाई स्थायित्वतर्फ लगेको छ । यसले थप गति लिनेछ भन्ने मैले सोचेको छु । दुई घण्टा लामो वार्तामा भएका थप कुराकानीबारे तत्काल केही बताइएको छैन ।
मुन र किमबीच अर्को चरणको वार्ता बुधबार पुनः हुनेछ ।
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी