क्वालालम्पुर, मलेसिया, २ असोज (रासस-एएफपी) – मेलेसियामा ‘विषाक्त’ मदीरा सेवन गरेका कारण चार नेपाली कामदारसहित १५ विदेशी कामदारको मृत्यु भएको प्रहरीले मङ्गलबार जनाएको छ ।
उक्त घटनामा ३३ जना विरामी परेका छन् । मृतकसहित विरामी परेका प्रायः सबैजना विदेशी कामदार रहेको सेलाङ्गार राज्यको प्रहरी प्रमुख मजलान मानसोरले बताउनुभयो ।
सेलाङ्गर मलेसियाको राजधानी क्वालालम्पुरसँग जोडिएको राज्य हो ।
प्रहरीका अनुसार मृतक तथा विरामी सबैले सोमबार दुई थरीका ह्वीस्की र एक थरी वियरको सेवन गरेका बताइएको छ ।
मदीरा सेवन गरी मृत्यु भएका पहिलो व्यक्ति एउटा फ्याक्ट्रीमा काम गर्ने श्रमिक थिए भने मङ्गलबार पनि एक जनाको मृत्यु भएको मलेसियाको बेर्नामा न्यूज एजेन्सीले जनाएको छ ।
सोमबार मृत्यु हुने सात जनामध्ये एक मलेशियाली, चार नेपाली, एक भारतीय र एक जना बङ्गलादेशी नागरिक रहेका मजलानले बताउनुभयो । थप नागरिकको परिचय नखुलाइकनै प्राय विदेशी नागरिक रहेको उहाँले बताउनुभयो ।
प्रहरी प्रमुखद्वारा हस्ताक्षर गरिएको एक वक्तव्यमा भनिएको छ, “मृत्युको कारण अझै आधिकारिक रूपमा पुष्टि भइसकेको छैन । तर प्रहरीको प्रारम्भिक अनुसन्धानमा सबैजनाले मदीरा सेवन गरेपछि अस्पताल भर्ना गरेको पाइएको छ ।”
स्थानीय सञ्चारमाध्यमले प्रहरीले घटनास्थलबाट विभिन्न ब्रान्डका मदीराका खोलहरू लगेको छ । उनीहरूले मदीरा किनेको भनिएको पसलबाट पनि प्रहरीले केही नमूना लगेको बताइएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने