लन्डन । बेलायत युरोपियन युनियन (इयू) बाट बहिगर्मन प्रक्रिया जारी भइरहंदा यहां दोश्रो जनमत संग्रहको माग बढेको छ । पछिल्लो समय लन्डनका मेयर सादिक खानले ब्रिटेनले युरोपेली संघ छाड्नेबारे दोश्रो पटक जनमतसंग्रह गराउन माग गरेका छन् ।
लन्डनबाटै प्रकाशित हुने द अब्जर्भर समाचारपत्रमा एक लेख लेख्दै मुख्य विपक्षी दल लेबर पार्टीका एकजना उदीयमान नेता तथा भूतपूर्व सांसद खानले युरोपेली संघबाट बाहिरिनेबारे प्रधानमन्त्री टेरेजा मेको सरकारले इयूसंग गरिरहेको वार्ताको कडा आलोचना गरे ।
उनले ब्रिटेन बिना कुनै सम्झौता वा एउटा खराब सम्झौताको भरमा आउंदो ६ महिनामा इयूबाट बाहिरिने स्थिति आएको बताएका छन् ।
आउंदो मार्च २९, २०१९ शुक्रबारका दिन कुनै सम्झौता भएपनि वा नभएपनि ब्रिटेन इयूबाट बाहिरिने छ ।
लेबर पार्टीले दोश्रो जनमत संग्रह गराउने माग गरिसकेको छैन्, तर लण्डन मेयर खानको मागले लेबर पार्टीका नेता जेरेमी कोर्बिनमाथि दबाब बढ्ने ठानिएको छ । लिभरपुलमा लेबरको वार्षिक सम्मेलन आउनु एक साताअघि खानको टिप्पणी आएको हो । उक्त सम्मेलनमा ब्रेक्जिट विरोधी एकसय भन्दा बढि प्रस्ताव पेश हुने तयारी गरिएको छ जुन लेबरको पार्टी इतिहासमा कुनै एक मुद्दा विरुद्ध आएको पहिलो धेरै प्रस्ताव हो ।
२३ जुन २०१६ मा भएको इयू जनमत संग्रहमा बेलायत इयूबाट अलग्गिने पक्षमा ५२ प्रतिशत जनताले मतदान गरेका थिए । छाड्ने पक्षको जित भएपछि तत्कालिन प्रधानमन्त्री डेभिड क्यामरुनले पदबाट राजिनामा दिएका थिए । इयू आप्रवासीहरुको बढ्दो आगमनसंगै इयू विरोधीहरुले बेलायत छुट्टीनु पर्ने पक्षमा वकालत गर्दै आएका थिए ।
ब्रिटेनका ट्रेड युनियनले पनि ब्रेक्जिटबारे अन्तिम मत राख्न दिइनुपर्ने धारणा राखेका छन् । १५० औं ट्रेड युनियन कंग्रेसमा यसबारे धारणा पारित गरिएको हो ।
बेलायत सरकारले कुनै सहमति बिना नै युरोपियन युनियन (इयू) बाट बहिर्गमन हुने तयारी गरिरहेको छ । बेलायतको प्रमुख प्रतिपक्षी दल र वहुमत ब्यवसायीहरुले बिना सम्झौता बेलायत बाहिरिए ठूलो आर्थिक तथा सामाजिक समस्या बेहोर्नुपर्ने चेतावनी दिइरहेका छन् ।
आयात र निर्यात गरि करिब ५० प्रतिशत बेलायतको ब्यापार इयूसंग रहेकाले बिना सम्झौता बेलायत बाहिर निस्के आर्थिक रुपले बेलायतले ठूलो मुल्य चुकाउनुपर्ने विश्लेषकहरुले बताउंदै आएका छन् ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा