लन्डन । बेलायत युरोपियन युनियन (इयू) बाट बहिगर्मन प्रक्रिया जारी भइरहंदा यहां दोश्रो जनमत संग्रहको माग बढेको छ । पछिल्लो समय लन्डनका मेयर सादिक खानले ब्रिटेनले युरोपेली संघ छाड्नेबारे दोश्रो पटक जनमतसंग्रह गराउन माग गरेका छन् ।
लन्डनबाटै प्रकाशित हुने द अब्जर्भर समाचारपत्रमा एक लेख लेख्दै मुख्य विपक्षी दल लेबर पार्टीका एकजना उदीयमान नेता तथा भूतपूर्व सांसद खानले युरोपेली संघबाट बाहिरिनेबारे प्रधानमन्त्री टेरेजा मेको सरकारले इयूसंग गरिरहेको वार्ताको कडा आलोचना गरे ।
उनले ब्रिटेन बिना कुनै सम्झौता वा एउटा खराब सम्झौताको भरमा आउंदो ६ महिनामा इयूबाट बाहिरिने स्थिति आएको बताएका छन् ।
आउंदो मार्च २९, २०१९ शुक्रबारका दिन कुनै सम्झौता भएपनि वा नभएपनि ब्रिटेन इयूबाट बाहिरिने छ ।
लेबर पार्टीले दोश्रो जनमत संग्रह गराउने माग गरिसकेको छैन्, तर लण्डन मेयर खानको मागले लेबर पार्टीका नेता जेरेमी कोर्बिनमाथि दबाब बढ्ने ठानिएको छ । लिभरपुलमा लेबरको वार्षिक सम्मेलन आउनु एक साताअघि खानको टिप्पणी आएको हो । उक्त सम्मेलनमा ब्रेक्जिट विरोधी एकसय भन्दा बढि प्रस्ताव पेश हुने तयारी गरिएको छ जुन लेबरको पार्टी इतिहासमा कुनै एक मुद्दा विरुद्ध आएको पहिलो धेरै प्रस्ताव हो ।
२३ जुन २०१६ मा भएको इयू जनमत संग्रहमा बेलायत इयूबाट अलग्गिने पक्षमा ५२ प्रतिशत जनताले मतदान गरेका थिए । छाड्ने पक्षको जित भएपछि तत्कालिन प्रधानमन्त्री डेभिड क्यामरुनले पदबाट राजिनामा दिएका थिए । इयू आप्रवासीहरुको बढ्दो आगमनसंगै इयू विरोधीहरुले बेलायत छुट्टीनु पर्ने पक्षमा वकालत गर्दै आएका थिए ।
ब्रिटेनका ट्रेड युनियनले पनि ब्रेक्जिटबारे अन्तिम मत राख्न दिइनुपर्ने धारणा राखेका छन् । १५० औं ट्रेड युनियन कंग्रेसमा यसबारे धारणा पारित गरिएको हो ।
बेलायत सरकारले कुनै सहमति बिना नै युरोपियन युनियन (इयू) बाट बहिर्गमन हुने तयारी गरिरहेको छ । बेलायतको प्रमुख प्रतिपक्षी दल र वहुमत ब्यवसायीहरुले बिना सम्झौता बेलायत बाहिरिए ठूलो आर्थिक तथा सामाजिक समस्या बेहोर्नुपर्ने चेतावनी दिइरहेका छन् ।
आयात र निर्यात गरि करिब ५० प्रतिशत बेलायतको ब्यापार इयूसंग रहेकाले बिना सम्झौता बेलायत बाहिर निस्के आर्थिक रुपले बेलायतले ठूलो मुल्य चुकाउनुपर्ने विश्लेषकहरुले बताउंदै आएका छन् ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने