मस्को, रूस, ३० भदौ – रूस र जापानबीच ‘कुनै पूर्वशर्त विना’ नै ऐतिहासिक शान्तिवार्ता गरेर दोस्रो विश्वयुद्धदेखिको मनमुटाबलाई अन्त्य गर्नुपर्ने मस्कोले प्रस्ताव गरेको छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापान र रूसको सीमा क्षेत्रमा जमिनको बिषयलाई लिएर लामो समयदेखि विवाद भएको भन्दै यसलाई वार्ताका माध्यमबाट समाधान गर्नुपर्ने नयाँ प्रस्ताव ल्याउनुभएको हो ।
यदि दुई मुलुकबीच सम्झौता भएमा रूस र जापानको सीमा क्षेत्रमा रहेको कुरिल टापूको विवाद पनि समाधान हुने अल जजिरा टेलिभिजनले जनाएको छ । दोस्रो विश्व युद्धको अन्त्यपछि जापान र रूसबीच ठूला विवाद नदेखिए पनि दुर्भाग्यबस उनीहरूबीच कुनै सम्झौता भने हुन सकेको छैन ।
“मैले एउटा उपाय सोचेको छु । यो बर्षको अन्त्य पहिले हामीले ‘कुनै पूर्व शर्तविना’ शान्ति वार्ता गर्नुपर्छ,” रूसको पूर्वी शहर भ्लादिभोस्तोकमा भएको आर्थिक फोरममा रूसी राष्ट्रपतिले भनेको पुटिनलाई उद्धृत गरी अलजजिराले उल्लेख गरेको छ ।
पुटिनको प्रस्तावमा जापानी प्रधानमन्त्री सिन्जो आवेले कुनै प्रतिक्रिया भने नदिनुभएको अल जजिराले बताएको छ ।
तर जापानको मन्त्रीमण्डलका पूर्व मुख्य सचिव योसिहिदे सुगाले भने सम्झौता गर्नु पहिले रूस र जापानबीच रहँदै आएका जमिनसम्बन्धी विवादलाई टुङ्गाउनुपर्ने बताउनुभएको समाचारमा उल्लेख छ ।
पुटिन र आवेबीच भौगोलिक सीमानाका बिषयमा यस पहिले पटक पटक छलफल भए पनि ती बैठकहरू विवाद अन्त्य गर्न असफल सिद्ध भएका थिए ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने