हाउसटन, संयुक्त राज्य अमेरिका, ३० भदौ – संयुक्त राज्य अमेरिकी राज्य टेक्सासमा पनि प्रकोपको घोषणा गरिएको छ ।
उक्त राज्यमा अविरल वर्षा र यसका कारण व्यापक मात्रामा बाढी आएको छ । यसले गर्दा यहाँका दर्जनौँ जिल्ला (काउन्टी) मा प्रभाव पारेको छ ।
यस राज्यका गभर्नर जर्ज अबोटले राज्यका ७८ काउन्टीमा प्रकोप रहेको भन्दै ती राज्यलाई प्रकोप प्रभावित घोषणा गर्नुभएको छ ।
ती राज्यमा आँधीको पनि सम्भावना रहेको बताइएको छ । त्यसैले सतर्कता अपनाउन भनिएको छ । गभर्नर अबोटले ती प्रभावित काउन्टीहरुमा सहायताका लागि अधिकारीहरु खटाउने तयारी गरिएको बताउनुभएको छ ।
अहिले नै निकै नै ठूलो संख्यामा नागरिक प्रभावित भएका र ती क्षेत्रहरुमा अझ आँधी आउने सम्भावना देखिएकोले प्रकोप प्रभावित क्षेत्र घोषणा गरिएको उहाँले बताउनुभयो ।
आँधीको सम्भावना रहेका क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन पनि सार्वजनिक सूचना जारी गरिएको छ ।
ती क्षेत्रका नागरिकलाई सतर्कतासाथ बस्न भनिएको छ । अमेरिकाका अरु पनि केही राज्यमा आँधीको सम्भावना रहेको सूचना शुक्रबार नै जारी गरिएको थियो ।
गत वर्षको अगष्तमा पनि यस राज्यमा आएको आँधीले ठूलो क्षति पुरयाएको थियो । अहिले पनि शुक्रबार र शनिबार आँधीको पनि सम्भावना रहेको मौसमसम्बन्धी अधिकारीहरुले जनाएका छन् ।
टेक्सासमा गत वर्ष आएको आँधी ५० वर्षयताकै सबैभन्दा शक्तिशाली आएको बताइएको थियो । यसवर्ष पनि ती स्थानमा यस्तै आँधीको त्रास रहेको बताइएको छ ।
अमेरिको पूर्वी सामुद्रिक तटमा आएको ‘फ्लोरेन्स’ नामको यस शक्तिशाली समुद्री आँधीका कारण कम्तीमा चार जनाको मृत्यु भइसकेको छ । कतिपय संचार माध्यमहरुले भने मृत्यु हुनेहरुको संख्या चार भन्दा बढी भएको समाचार संप्रेषण गरेका छन् । तर यसको पुष्टि भने भएको छैन् ।
नर्थ क्यारोलनाको विलमिङटनस्थित घरमा एउटा रुख ढल्दा एउटी आमा र उनका एकजना बच्चाको मृत्यु भएको छ । ती बच्चाका बुवा भने घाइते भएका र उपचारका लागि अस्पताल पुयाइएको अधिकारीहरुले जनाएका छन् ।
अन्य दुई जनाको पनि अर्कै ठाउँमा मृत्यु भएको सरकारी अधिकारीहरुले पुष्टि गरेका समाचारमा जनाइएको छ ।
नर्थ क्यारोलिनाका गभर्नर रोए कुपरले शुक्रवार साँझ आयोजित पत्रकार सम्मेलनमा अरु पनि कयौंको मृत्युको खबरहरु आइरहे पनि पुष्टि हुन भने बाँकी रहेको जानकारी दिनुभयो ।
घटनास्थलमा खटिएका स्वास्थ्यकर्मी तथा उद्धारकर्ताहरुले मृत्यु आँधीकै कारणले भएको हो कि होइन भनी परीक्षण गरिरहेको पनि उहाँले बताउनुभयो ।
मौसम अधिकारीहरुले हावाको वेग ११० किलोमिटर प्रतिघण्टा रहेको बताएका छन् । उनीहरुका अनुसार कतिपय ठाउँमा ठूलो वर्षासमेत भइरहेको छ।
आँधीका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ भने १७ लाखभन्दा धेरै मानिसहरूलाई आफ्नो ठाउँ छोडेर अन्यत्र जान स्थानीय सरकारले आह्वान गरेको छ । विस्थापित भएकाहरुका लागि १५७ ओटा आश्रयस्थलहरु बनाइएको छ ।
आँधी आएपछि सात लाख ६० हजार भन्दा बढी मानिसहरू विद्युत सेवाबाट बञ्चित भएको र सेवा सुचारु हुन केही दिन लाग्न सक्ने सरकारी अधिकारीहरुको भनाई छ ।
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी