लण्डन । ब्रिटिस गोर्खा नेपाली कम्युनिटी डार्टफोर्ड युके महिला विभाग (आमा समूह) ले गत ८ सेप्टेम्बर शनिबार भेट्रान क्लब, डार्टफोर्ड केन्टको सभाहलमा तीज पार्टी गरेको छ।
तीज पार्टीमा डार्टफोर्ड वरपर बसोबास गर्ने नेपाली चेलीबेटीहरुको बाक्लो उपस्थिति थियो।
औपचारिक कार्यक्रम संचालन ब्रिटिस गोर्खा नेपाली कम्युनिटी डार्टफोर्डकी उपाध्यक्ष हेमा गुरुङ रानाले र अध्यक्षता जेष्ठ आमा पदमा माया गुरुङले गर्नु भएको थियो।
कार्यक्रममा ब्रिटिस गोर्खा नेपाली कम्युनिटी डार्टफोर्ड युके महिला विभाग (आमा समूह) की प्रमुख गंगा गुरुङले स्वागत मन्तब्य दिनु भएको थियो । सचिव लक्ष्मी घलेले रिसेप्शनको जिम्मेवारी वहन गर्नुभयो।
कार्यक्रम ब्यवस्थापन मूल समितिका सचिव एक गुरुङ र वरिष्ठ सल्लाहकार मोहन गुरुङले गर्नुभएको थियो भने डिजे ब्यवस्थापन डिजे प्रमुख कृष्ण थापाले गर्नु भएको थियो।
मनोरञ्जनको निम्ति राफल ड्र सञ्चालन मूल समितिकी सचिव दिब्या गुरुङले गर्नुभएको थियो । कार्यक्रममा आएका दिदी बहिनीहरुलाई स्वागत सत्कारको साथै खानपिनको निम्ति मूलसमितिकी प्रवक्ता कमला राना सांस्कृतिक विभाग प्रमुख, उपप्रमुख गंगा देवान, सुनिता गुरुङ र महिला विभाग (आमा समूह) को उपप्रमुख माया घलेले गर्नुभएको थियो।
पार्टीमा बिबिक्यू र खीर साथै विभिन्न नेपाली स्वादिष्ट भोजन दिदीबहिनीहरुले आ-आफ्नै घरबाट बनाएर ल्याएका थिए।
वरिष्ठ सल्लाहकार मोहन गुरुङ र उहाँको धर्मपत्नी पदमा माया गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरी तीज पार्टी शुरु गरिएको थियो।
कार्यक्रममा आउने नयाँ आगन्तुक पाहुनाहरुलाई उपाध्यक्ष हेमा गुरुङ राना र महिला विभाग प्रमुख गंगा गुरुङले खादा लगाई सम्मान गर्नुभएको थियो।
सांस्कृतिक कार्यक्रमका साथै मौलिक नेपाली नृत्य, लोकप्रिय चर्चित नेपाली गीत गुञ्जनका साथ सामूहिक नाचगानमा सहभागी राती ११.३० बजेसम्म रमाए ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित