लण्डन । ब्रिटिस गोर्खा नेपाली कम्युनिटी डार्टफोर्ड युके महिला विभाग (आमा समूह) ले गत ८ सेप्टेम्बर शनिबार भेट्रान क्लब, डार्टफोर्ड केन्टको सभाहलमा तीज पार्टी गरेको छ।
तीज पार्टीमा डार्टफोर्ड वरपर बसोबास गर्ने नेपाली चेलीबेटीहरुको बाक्लो उपस्थिति थियो।
औपचारिक कार्यक्रम संचालन ब्रिटिस गोर्खा नेपाली कम्युनिटी डार्टफोर्डकी उपाध्यक्ष हेमा गुरुङ रानाले र अध्यक्षता जेष्ठ आमा पदमा माया गुरुङले गर्नु भएको थियो।
कार्यक्रममा ब्रिटिस गोर्खा नेपाली कम्युनिटी डार्टफोर्ड युके महिला विभाग (आमा समूह) की प्रमुख गंगा गुरुङले स्वागत मन्तब्य दिनु भएको थियो । सचिव लक्ष्मी घलेले रिसेप्शनको जिम्मेवारी वहन गर्नुभयो।
कार्यक्रम ब्यवस्थापन मूल समितिका सचिव एक गुरुङ र वरिष्ठ सल्लाहकार मोहन गुरुङले गर्नुभएको थियो भने डिजे ब्यवस्थापन डिजे प्रमुख कृष्ण थापाले गर्नु भएको थियो।
मनोरञ्जनको निम्ति राफल ड्र सञ्चालन मूल समितिकी सचिव दिब्या गुरुङले गर्नुभएको थियो । कार्यक्रममा आएका दिदी बहिनीहरुलाई स्वागत सत्कारको साथै खानपिनको निम्ति मूलसमितिकी प्रवक्ता कमला राना सांस्कृतिक विभाग प्रमुख, उपप्रमुख गंगा देवान, सुनिता गुरुङ र महिला विभाग (आमा समूह) को उपप्रमुख माया घलेले गर्नुभएको थियो।
पार्टीमा बिबिक्यू र खीर साथै विभिन्न नेपाली स्वादिष्ट भोजन दिदीबहिनीहरुले आ-आफ्नै घरबाट बनाएर ल्याएका थिए।
वरिष्ठ सल्लाहकार मोहन गुरुङ र उहाँको धर्मपत्नी पदमा माया गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरी तीज पार्टी शुरु गरिएको थियो।
कार्यक्रममा आउने नयाँ आगन्तुक पाहुनाहरुलाई उपाध्यक्ष हेमा गुरुङ राना र महिला विभाग प्रमुख गंगा गुरुङले खादा लगाई सम्मान गर्नुभएको थियो।
सांस्कृतिक कार्यक्रमका साथै मौलिक नेपाली नृत्य, लोकप्रिय चर्चित नेपाली गीत गुञ्जनका साथ सामूहिक नाचगानमा सहभागी राती ११.३० बजेसम्म रमाए ।
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
मानवसेवा आश्रम युकेको साधारणसभा जुलाई १९मा
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन