लन्डन । गैर आवासीय नेपाली नागरिकताप्राप्तिका लागि थप पहल गर्न एनआरएनए यूकेको एक प्रतिनिधिमण्डल नेपाल उड्ने तयारी गरेको छ ।
गैर आवासीय नेपाली नागरिकता सम्बन्धि विधेयक संसदमा दर्ता भएको अवस्थामा थप दवाव दिन बेलायतबाट एक प्रतिनिधिमण्डल यही सेप्टेम्बर १५ तारिख शनिबार नेपाल जान लागेको हो ।
प्रतिनिधिमण्डलले उक्त विधेयक संसदमा वहस हुनुअघि विभिन्न राजनीतिक पार्टीका नेता, सांसद, सरकारी प्रतिनिधि र सरोकारवाला अन्यलाई भेटी लवी गर्ने एनआरएनए यूके महासचिव राजकुमार त्रिपाठीले जानकारी दिए ।
एनआरएनए यूके प्रमुख संरक्षक मेजर रिटायर्ड डमर घलेको नेतृत्वमा नेपाल जाने प्रतिनिधिमण्डलमा एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, महासचिव त्रिपाठी, एनआरएनए यूके पूर्व अध्यक्षहरु, अधिवक्ता गोबिन्द बेल्वासे, आइसीसी सदस्य जयप्रकाश गुरुङ लगायतको एक टोली रहने छ ।
एनआरएनए यूके अध्यक्ष फगामी र महासचिव त्रिपाठीले आफूहरुको आसन्न डेलिगेसनबारे केन्द्रिय अध्यक्ष भवन भट्टलाई पत्रमार्फत अवगत गराउंदै नागरिकता निरन्तरता अभियानमा उनलाई पनि साथ दिन अपिल गरेका छन् ।
गैर आवासीय नेपाली नागरिकताको कानुन, ऐन र नियमावलीले विशेषगरि बेलायतमा रहेका करिब डेढ लाख भूपू गोर्खा र तिनका परिवारलाई प्रत्यक्ष असर पर्ने भएकाले उनीहरुको माग सम्वोधन गर्न जरुरी रहेको केन्द्रिय अध्यक्ष भट्टलाई स्मरण गराइएको छ ।
एनआरएनए यूकेले यो पहलमा बेलायतमै बस्ने केन्द्रिय उपाध्यक्ष कुल आचार्यको भूमिका महत्वपूर्ण हुने बताउंदै डेलिगेसनमा आइसीसी केन्द्रबाट आचार्यलाई नै संयोजक तोकिदिए थप सहज हुने समेत पत्रमा उल्लेख गरेको छ ।
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा