भ्लादिभोस्टोक, रूस, २६ भदौ – चीनका राष्ट्रपति सी जिनपिङ र उहाँका रूसी समकक्षी भ्लादिमिर पुटिनबीच रूसको सुदूरपूर्वी शहर भ्लादिभोस्टोकमा मङ्गलबार भेट भएको छ ।
भेटमा विश्वका शक्तिशाली दुई नेताबीच दुइपक्षीय सम्बन्ध बिस्तार तथा विश्वमा शान्तिको सुरक्षा, र विश्वको आर्थिक तथा राजनीतिक स्थायित्वका बिषयमा कुराकानी भएको बताइएको छ ।
भ्लालिभोस्टोकमा हुने चौँथो ‘इस्टर्न इकोनोमिक फोरम’मा सहभागी हुन रूसी राष्ट्रपति पुटिनको निमन्त्रणामा सी रूस आउनुभएको हो ।
रूसको चीनसँग बढ्दो निकट सम्बन्धको सम्मेलनका अबसरमा भाग लिन रूस पुगेका चिनियाँ राष्ट्रपतिसँगको भेटमा मुक्त कण्ठले प्रशंसा गर्नुभयो ।
“हामीबीच राजनीतिक, सुरक्षा तथा रक्षा क्षेत्रमा विश्वासिलो सम्बन्ध रहेको छ,” रूसी राष्ट्रपतिले भन्नुभयो ।
उक्त अवसरमा चीनका राष्ट्रपति सीले दुई मुलुकबीचको मित्रता सधैं मजबुत रहँदै आएको बताउनुभएको छ ।
रूस र चीनले व्यापारमा डलरको प्रयोगलाई घटाउने
भ्लादिभोस्टोक, रूस, २६ भदौ – मस्को र बेइजिङले व्यापारमा आफ्नै राष्ट्रिय मुद्राको प्रयोग गर्ने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार बताउनुभएको छ ।
रूसको पश्चिमसँगको सम्बन्धमा थप समस्या आइरहेका समय रूसी राष्ट्रपतिको यो भनाई आएको हो ।
‘रूसी तथा चिनियाँ पक्षले आफुहरूले व्यापारमा राष्ट्रिय मुद्रालाई नै प्रयोग गर्न लागेको पुष्टि गरिसकेका छन्’- रूसी राष्ट्रपतिले चिनियाँ राष्ट्रपतिसँगको भेटपछि सञ्चारकर्मीसँगको कुराकानीमा बताउनुभयो ।
यो निर्णयले बैङ्किङ सेवाको स्थायित्वलाई बढाउने र निर्यात तथा आयातका गतिविधिलाई सुरक्षित बनाउने उहाँले बताउनुभयो ।
रूसविरुद्ध क्रिमिया गाभ्ने र यूक्रेन विद्रोहीलाई सघाउने काम गरेको भन्दै पहिलेभन्दा कडा प्रतिबन्ध लगाइएको छ ।
पछिल्लो चरणमा अमेरिकी प्रतिबन्धको घोषणाले रसियाली मुद्रा रूबल तथा अमेरिका चीनबीचको व्यापार युद्धका कारण चिनियाँ मुद्रा युआनमा गिरावट आउन थालेपछि उनीहरूले राष्ट्रिय मुद्रालाई नै व्यापारमा प्रयोग गर्ने छलफललाई अगाडी बढाएको पुटिनले बताउनुभयो ।
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी