लन्डन । सयपत्री नेपाली सांस्कृतिक समूह यूकेले गत शनिबार अल्डरसटमा एक वृहत सांस्कृतिक कार्यक्रम गरेको छ । प्यालेस हलमा आयोजित कार्यक्रममा समूहले नेपालीपन र मौलिकता पस्किएर आफूलाई एउटा पृथक समूहका रुपमा पुन प्रमाणित गरयो । सन् २००६ मा स्थापित उक्त समूहले बेलायतका प्राय कार्यक्रममा नेपाली कला संस्कृति झल्कने नृत्य प्रस्तुत गर्दै आएको छ ।
कार्यक्रमका प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीले समूहको खुलेर प्रशंसा गरे । संस्थाले आफूलाई सम्मान गरेकामा राजदूत कृतज्ञ त थिए नै, समूहको बेलायतमा नेपाली कला संस्कृति जगेर्नाप्रतिको समर्पण उदाहरणीय र स्तुतियोग्य भएको पनि उल्लेख गरे ।
एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीले सयपत्रीले बेलायतमा नेपाली कला संस्कृति जगेर्ना गर्ने खालका गतिविधि निरन्तर गरेकामा खुशी व्यक्त गरे । अध्यक्ष डम्बर सिंहले आफ्नो संस्थाको उद्देश्य प्रकाश पारेका थिए ।
सो अवसरमा संस्थाका संस्थापक अध्यक्ष एलबी गुरुङ र वर्तमान अध्यक्ष डम्बर सिंहले राजदूत डा. सुवेदीलाई विशेष सम्मान गरेका थिए । सचिव गौरव क्षेत्रीले सञ्चालन गरेको औपचारिक कार्यक्रममा समूहका उपाध्यक्ष प्रभु गुरुङले स्वागत मन्तव्य दिएका थिए ।
कल्चर कोअर्डिनेटर मनोज अन्जानको संयोजनमा दोश्रो चरणमा सांस्कृतिक कार्यक्रम भयो जसमा अहिलेको चर्चित ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन…’ गीतका सर्जक टंक बुढाथोकी प्रमुख आकर्षण थिए । बुढाथोकीले सोही गीतसहित ‘रुपै मोहनी…’ लगायत गीत गाएर दर्शक नचाए । स्थानीय गायक मधुसुदन थापाले पनि गायनमा साथ दिए ।
सयपत्री ब्याण्डमा आवद्ध कलाकारहरु प्रभु गुरुङ, कविता गुरुङ, पुष्पा गुरुङ, सुवास गुरुङ, सन्तोक गुरुङ, अविसा गुरुङ, मोलिका गुरुङ, गिता केसी, प्रतिभा केसी, सन्ध्या तिवारी, सुरगंना शाही, शितल तिवारीले पनि नृत्य प्रस्तुत गरे । बाल कलाकारहरु लिकोन गुरुङ, सेलिना शाही र रितिका खरेलको प्रस्तुति आकर्षक थियो ।
कार्यक्रममा सहयोगीहरु र नेपालबाट आएका बुढाथोकीलाई सम्मान पनि गरियो ।
तस्विर- शिव भण्डारी
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट