ग्रेटर रशमोर नेपाली कम्युनिटीले जानकारीमूलक कार्यक्रम गर्दै 

अल्डरसट । ग्रेटर रसमोर नेपाली कम्युनिटीले विगत वर्ष जस्तै यस वर्ष पनि नेपालबाट आउने नवआगन्तुक भूपू गोर्खा र उनका सन्तान एवं पहिले नै युके आइसकेका जेष्ठ नागरिकहरुलाई बेलायतको रहनसहन, उठबस, शिक्षा, स्वास्थ्य, नागरिक अधिकार र कर्तव्य, सेवा तथा सुविधाबारे जानकारी दिन एक कार्यक्रम गर्ने भएको छ ।

यही २० सेप्टेम्बर २०१८ का दिन बिहान ठिक १०.०० बजे एम्पाएर हल अल्डरसटमा सो कार्यक्रम आयोजना गरिने आयोजकले बताएका छन् ।

उक्त कार्यक्रमका लागि क्यान इन्टरनेशनल र रसमोर बरो काउन्सिलको पार्टनरका रुपमा सहयोग रहने छ ।

उक्त कार्यक्रमका लागि उपाध्यक्ष नेम थापालाई संयोजक तोकिएको प्रबक्ता प्रमिला राईले जानकारी दिइन् भने अन्तिम तयारीका लागि रसमोर बरो काउन्सिल अफिसमा अध्यक्ष जीव बेलबासे, उपाध्यक्ष नेम थापा र रसमोर कम्युनिटी डेभलपमेण्ट म्यानेजर जेमी बिटन समेतको गत शुक्रबार बसेको बैठकले सबै कुरा टुंगो लगाएको संयोजक एवं उपाध्यक्ष नेम थापाले बताए ।

कार्यक्रममा सिटिजन एड्भाइस ब्युरो, रसमोर बरो काउन्सिल, स्थानीय प्रहरी, फ्रेमिली पार्क हस्पिटल, रसमोर हेल्थी लिविङ, टेन क्यूओजीएलआर, टकप्लस, हाउजिङ, रसमोर फायर एण्ड रेस्क्यू सर्भिस, क्यान इन्टरनेशनल, जीआरएनसी लगायतले संक्षिप्तमा आवश्यक जानकारी  उपलब्ध गराउनेछन् भने काउन्सिल लिडर डेभिड क्लिफोर्डले सम्पूर्ण कार्यक्रम अवलोकन गर्नेछन् ।

जेष्ठ नागरिकहरुको दैनिकी एवं बेलायती जीवनमा जान्नै पर्ने विषयलाई बिशेष प्राथमिकता दिइएको उक्त कार्यक्रममा करिव ५०० जनाको सहभागिता रहने आशा छ । फान्ब्रो, अल्डरशट मात्र नभई अन्य क्षेत्रबाट समेत सहभागिताका लागि आव्हान गरिएको महासचिव मान गुरुङले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री