अल्डरसट । ग्रेटर रसमोर नेपाली कम्युनिटीले विगत वर्ष जस्तै यस वर्ष पनि नेपालबाट आउने नवआगन्तुक भूपू गोर्खा र उनका सन्तान एवं पहिले नै युके आइसकेका जेष्ठ नागरिकहरुलाई बेलायतको रहनसहन, उठबस, शिक्षा, स्वास्थ्य, नागरिक अधिकार र कर्तव्य, सेवा तथा सुविधाबारे जानकारी दिन एक कार्यक्रम गर्ने भएको छ ।
यही २० सेप्टेम्बर २०१८ का दिन बिहान ठिक १०.०० बजे एम्पाएर हल अल्डरसटमा सो कार्यक्रम आयोजना गरिने आयोजकले बताएका छन् ।
उक्त कार्यक्रमका लागि क्यान इन्टरनेशनल र रसमोर बरो काउन्सिलको पार्टनरका रुपमा सहयोग रहने छ ।
उक्त कार्यक्रमका लागि उपाध्यक्ष नेम थापालाई संयोजक तोकिएको प्रबक्ता प्रमिला राईले जानकारी दिइन् भने अन्तिम तयारीका लागि रसमोर बरो काउन्सिल अफिसमा अध्यक्ष जीव बेलबासे, उपाध्यक्ष नेम थापा र रसमोर कम्युनिटी डेभलपमेण्ट म्यानेजर जेमी बिटन समेतको गत शुक्रबार बसेको बैठकले सबै कुरा टुंगो लगाएको संयोजक एवं उपाध्यक्ष नेम थापाले बताए ।
कार्यक्रममा सिटिजन एड्भाइस ब्युरो, रसमोर बरो काउन्सिल, स्थानीय प्रहरी, फ्रेमिली पार्क हस्पिटल, रसमोर हेल्थी लिविङ, टेन क्यूओजीएलआर, टकप्लस, हाउजिङ, रसमोर फायर एण्ड रेस्क्यू सर्भिस, क्यान इन्टरनेशनल, जीआरएनसी लगायतले संक्षिप्तमा आवश्यक जानकारी उपलब्ध गराउनेछन् भने काउन्सिल लिडर डेभिड क्लिफोर्डले सम्पूर्ण कार्यक्रम अवलोकन गर्नेछन् ।
जेष्ठ नागरिकहरुको दैनिकी एवं बेलायती जीवनमा जान्नै पर्ने विषयलाई बिशेष प्राथमिकता दिइएको उक्त कार्यक्रममा करिव ५०० जनाको सहभागिता रहने आशा छ । फान्ब्रो, अल्डरशट मात्र नभई अन्य क्षेत्रबाट समेत सहभागिताका लागि आव्हान गरिएको महासचिव मान गुरुङले बताए ।
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला