लण्डन । नेपाल मुक्तक प्रतिष्ठान बेलायतको नयाँ कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ । साउथ लण्डनस्थित ह्यारो फुटबल क्लबमा आयोजित मुक्तककारहरूको साधारण सभा भेलाले वर्तमान अध्यक्ष दुर्गाप्रसाद पोख्रेलको नेतृत्वमा सात सदस्यीय कार्यसमिति चयन गरिएको निर्वाचन संयोजक तथा संस्थाका सल्लाहकार डा. रुपक श्रेष्ठले बताए ।
नयाँ कार्यसमितिमा प्रतिमा केसी उपाध्यक्ष, नृपेश उप्रेती महासचिव, राज श्रेष्ठ कोषाध्यक्ष, सेमन्त राई सदस्य, रबिन जोशी सदस्य, मोहन जलद सदस्य रहेका छन् । प्रतिष्ठानका सल्लाहकार त्रयमा डा. रुपक श्रेष्ठ, सुमलकुमार गुरुङ र विनोद अधिकारी छन् ।
कार्यक्रममा केन्द्रीय अध्यक्ष रामकाजी कोने एवं महासचिव रमेश पौडेलबाट प्राप्त शुभकामना मन्तव्य पढेर सुनाइएको थियो ।
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]