
एसिया कप छनौट खेलमा सहभागी भई शुक्रबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली राष्ट्रिय क्रिकेट टोली । तस्वीर – रोशन सापकोटा, रासस
काठमाडौँ, २२ भदौ – मलेसियामा सम्पन्न एशिया कप छनोट प्रतियोगिता खेलेर आज नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ ।
एशिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली चौथो स्थानमा रह्यो । नेपालले दुई खेलमा जित तथा तीन खेलमा हार बेहोरेको थियो । नेपालले आयोजक मलेसिया र सिङ्गापुरलाई पराजित गरेको थियो भने ओमान, संयुक्त अरब इमिरेट्स (युएइ) र हङकङसँग पराजित भएको थियो । छनोट प्रतियोगिता यही भदौ १३ देखि २१ गतेसम्म सञ्चालन भएको थियो ।
उक्त प्रतियोगितामा ६ राष्ट्र सहभागी थिए । हङकङ एशिया कपका लागि छनोट भएको छ । फाइनल खेलमा हङकङ युएइलाई दुई विकेटले पराजित गर्दै एशिया कपका लागि छानिएको हो । एशिया कप यही भदौ २८ देखि असोज १२ गतेसम्म युएइमा हुँदैछ । एशिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहनेछ ।

एसिया कप छनौट खेलमा सहभागी भई शुक्रबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान पारस खडका । तस्वीर – रोशन सापकोटा, रासस

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]