सिंगापुर, २१ भदौ – विश्वकै लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले एसियामा पहिलोपटक सिंगापुरमा एक अर्ब अमेरिकी डलर लगानीमा डाटा सेन्टर स्थापना गर्न लागेको बिहीबार घोषणा गरेको छ ।
नवीकरणीय ऊर्जाको प्रयोग गरिने यो सेन्टर सन् २०२२ सम्ममा सञ्चालनमा आउनेछ ।
यो सेन्टरमा फेसबुकको सर्भर रहनुका साथै सूचना प्रविधिका कार्यलाई एकीकृत गरिने फेसबुकका उपाध्यक्ष थोमस फरलङले बताउनुभयो ।
करिब एक लाख ७० हजार वर्गफिटमा फैलिने ११ तले यो अत्याधुनिक सेन्टरको तापमान जहिल्यै २५ डिग्री सेल्सीयसको हाराहारीमा रहनेछ ।
फरलङका अनुसार एसियामै पहिलो पटक फेसबुकले यो स्तरको पूर्वाधार निर्माण गरेको हो । विश्वभर छरिएर रहेका फेसबुकका डाटा सेन्टरमध्ये यो पन्ध्रौं हो ।
यसै वर्षको जुनको अन्त्यसम्ममा विश्वभर मासिक २ अर्ब २३ करोड सक्रिय प्रयोगकर्ता रहेको फेसबुकले बलियो पूर्वाधारका कारण सिंगापुरमा डाटा सेन्टर स्थापना गर्न लागेको फरलङले जानकारी दिनुभयो ।
गूगलले पनि यहाँ दुईवटा डाटा सेन्टर निर्माण गरेको छ । यसै महिना गूगलले तेस्रो डाटा सेन्टर करिब ८५ करोड अमेरिकी डलरमा निर्माण गर्न लागेको घोषणा गरेको छ ।
एसियामा निकै लोकप्रिय भएपनि फेसबुकमाथि म्यान्मारमा रोहिङ्ग्या मुस्लिम समुदायमाथि घृणा र द्वेष फैल्याउन तथा सत्तारुढ पक्षलाई मद्दत गर्न भूमिका खेलेको आरोप लाग्दै आएको छ ।
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी