सिंगापुर, २१ भदौ – विश्वकै लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले एसियामा पहिलोपटक सिंगापुरमा एक अर्ब अमेरिकी डलर लगानीमा डाटा सेन्टर स्थापना गर्न लागेको बिहीबार घोषणा गरेको छ ।
नवीकरणीय ऊर्जाको प्रयोग गरिने यो सेन्टर सन् २०२२ सम्ममा सञ्चालनमा आउनेछ ।
यो सेन्टरमा फेसबुकको सर्भर रहनुका साथै सूचना प्रविधिका कार्यलाई एकीकृत गरिने फेसबुकका उपाध्यक्ष थोमस फरलङले बताउनुभयो ।
करिब एक लाख ७० हजार वर्गफिटमा फैलिने ११ तले यो अत्याधुनिक सेन्टरको तापमान जहिल्यै २५ डिग्री सेल्सीयसको हाराहारीमा रहनेछ ।
फरलङका अनुसार एसियामै पहिलो पटक फेसबुकले यो स्तरको पूर्वाधार निर्माण गरेको हो । विश्वभर छरिएर रहेका फेसबुकका डाटा सेन्टरमध्ये यो पन्ध्रौं हो ।
यसै वर्षको जुनको अन्त्यसम्ममा विश्वभर मासिक २ अर्ब २३ करोड सक्रिय प्रयोगकर्ता रहेको फेसबुकले बलियो पूर्वाधारका कारण सिंगापुरमा डाटा सेन्टर स्थापना गर्न लागेको फरलङले जानकारी दिनुभयो ।
गूगलले पनि यहाँ दुईवटा डाटा सेन्टर निर्माण गरेको छ । यसै महिना गूगलले तेस्रो डाटा सेन्टर करिब ८५ करोड अमेरिकी डलरमा निर्माण गर्न लागेको घोषणा गरेको छ ।
एसियामा निकै लोकप्रिय भएपनि फेसबुकमाथि म्यान्मारमा रोहिङ्ग्या मुस्लिम समुदायमाथि घृणा र द्वेष फैल्याउन तथा सत्तारुढ पक्षलाई मद्दत गर्न भूमिका खेलेको आरोप लाग्दै आएको छ ।
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन