लण्डन । बेलायतमा पूर्व एमाले र एमाओवादी पार्टी एकताका लागि छ सदस्सीय कार्यदल गठन गरिएको छ । नेकपा केन्द्रीय सचिवालयको बैठकले गठन गरेको सो कार्यदलमा पूर्व माओवादीका तर्फबाट पूर्ण लोक्सम, सुरेश गौतम र रणबहादुर केसी तथा पूर्व एमालेका तर्फबाट राजेन्द्र पुडासैनी, विजयविक्रम लिङदेन र रामशरण सिंखडा रहेका छन् ।
लोक्सम पार्टी एकताअघि एमाओवादीका बेलायत इञ्चार्ज थिए भने केसी पार्टी अध्यक्ष र गौतम मोर्चाका अध्यक्ष थिए । यस्तै, पुडासैनी एमाले सम्वद्ध प्रवासी नेपाली मञ्चका अध्यक्ष हुन् भने लिङदेन महासचिव र सिंखडा पूर्व अध्यक्ष हुन् ।
कार्यदललाई एकता प्रक्रियासित सम्बन्धित कार्य अगाडि बढाउन निर्देशन दिइएको छ ।
साथै, सो कार्यदललाई एकीकृत कार्यसमितिका लागि १५ देखि ३५ सदस्सीय नामावली सिफारिस गर्ने, एकीकृत कार्यसमितिको अध्यक्ष र सचिवको नाम सहमतिबाट सिफारिस गरी केन्द्रमा पठाउने, एउटा नाममा सहमति हुन नसकेमा सम्भावित नाम पठाउन निर्देशन दिइएको छ ।
यसैगरी, भदौ महिनाभित्र एकता प्रक्रिया सकिसक्न र सदस्यहरुको अभिलेख अद्यावधिक गर्न पनि बताइएको छ ।
एकतापछि प्रवासमा रहने संस्थाको नाम प्रवासी नेपाली एकता मञ्च रहने बताइएको छ ।
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]