लण्डन । बेलायतमा पूर्व एमाले र एमाओवादी पार्टी एकताका लागि छ सदस्सीय कार्यदल गठन गरिएको छ । नेकपा केन्द्रीय सचिवालयको बैठकले गठन गरेको सो कार्यदलमा पूर्व माओवादीका तर्फबाट पूर्ण लोक्सम, सुरेश गौतम र रणबहादुर केसी तथा पूर्व एमालेका तर्फबाट राजेन्द्र पुडासैनी, विजयविक्रम लिङदेन र रामशरण सिंखडा रहेका छन् ।
लोक्सम पार्टी एकताअघि एमाओवादीका बेलायत इञ्चार्ज थिए भने केसी पार्टी अध्यक्ष र गौतम मोर्चाका अध्यक्ष थिए । यस्तै, पुडासैनी एमाले सम्वद्ध प्रवासी नेपाली मञ्चका अध्यक्ष हुन् भने लिङदेन महासचिव र सिंखडा पूर्व अध्यक्ष हुन् ।
कार्यदललाई एकता प्रक्रियासित सम्बन्धित कार्य अगाडि बढाउन निर्देशन दिइएको छ ।
साथै, सो कार्यदललाई एकीकृत कार्यसमितिका लागि १५ देखि ३५ सदस्सीय नामावली सिफारिस गर्ने, एकीकृत कार्यसमितिको अध्यक्ष र सचिवको नाम सहमतिबाट सिफारिस गरी केन्द्रमा पठाउने, एउटा नाममा सहमति हुन नसकेमा सम्भावित नाम पठाउन निर्देशन दिइएको छ ।
यसैगरी, भदौ महिनाभित्र एकता प्रक्रिया सकिसक्न र सदस्यहरुको अभिलेख अद्यावधिक गर्न पनि बताइएको छ ।
एकतापछि प्रवासमा रहने संस्थाको नाम प्रवासी नेपाली एकता मञ्च रहने बताइएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा