ओस्लो, २० भदौ – नर्वेमा विश्वकै सबैभन्दा अग्लो काठको टावर निर्माण कार्य सकिएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार टावर ८५.४ मिटर अग्लो रहेको छ । जसमा १८ तला छ ।
सो टावर वातावरण मैत्री र आगोले क्षति पुरयाउन नसक्ने खालको रहेको समाचारमा जनाइएको छ । टावरको नाम ‘एमजोस’ राखिएको छ ।
ओस्लोदेखि झण्डै एक सय किलोमिटर उत्तरतर्फ रहेको एउटा तालसँगै टावर बनाइएको बताइएको छ । टावरमा नयाँ काठ, पुनः प्रयोग गर्न सकिने पुराना काठका सामग्रीहरुलगायत प्रयोग गरिएको निर्माणकर्ताहरुले बताएका छन् ।
‘काठले बनाइएको टावरले विश्वलाई नै सास फेर्नलायक बनाउन हामीलाई सहयोग गर्नेछ’- एक जना व्यापारी अर्थर बुच्चर्डले भन्नुभयो ।
जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताले आफूलाई काठको टावर बनाउन प्रेरित गरेको उहाँले बताउनुभयो ।
आउँदो सन् २०१९ को मार्च महिनामा मात्रै यसको उद्घाटन गरिने निर्माणकर्ताले जानकारी दिएका छन् । एमजोस टावरसँगै आवास र पौडी स्थलहरु, एउटा होटल, कार्यालयहरु, रेष्टुरेन्ट र केही खाली ठाउँ पनि रहेको छ ।
टावर खासमा ८१ मिटरको रहेको छ भने बाँकी ४.४ मिटर यसको छानो छ । त्यही छानोले यसलाई विश्वकै सबैभन्दा अग्लो बनाएको छ । यसअघि अष्ट्रियाको भियनामा बनाइएको होहो नामक टावर ८४ मिटर छ ।
भियनाको टावरमा मिश्रित सामग्रीहरु रहेका छन् । त्यसमा ७६ प्रतिशत काठ रहेको छ भने बाँकी अन्य सामग्रीहरु रहेका छन् । त्यसैले त्यो टावर अहिले नर्वेमा बनाइएको एमजोस टावर जस्तो होइन ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने