ओस्लो, २० भदौ – नर्वेमा विश्वकै सबैभन्दा अग्लो काठको टावर निर्माण कार्य सकिएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार टावर ८५.४ मिटर अग्लो रहेको छ । जसमा १८ तला छ ।
सो टावर वातावरण मैत्री र आगोले क्षति पुरयाउन नसक्ने खालको रहेको समाचारमा जनाइएको छ । टावरको नाम ‘एमजोस’ राखिएको छ ।
ओस्लोदेखि झण्डै एक सय किलोमिटर उत्तरतर्फ रहेको एउटा तालसँगै टावर बनाइएको बताइएको छ । टावरमा नयाँ काठ, पुनः प्रयोग गर्न सकिने पुराना काठका सामग्रीहरुलगायत प्रयोग गरिएको निर्माणकर्ताहरुले बताएका छन् ।
‘काठले बनाइएको टावरले विश्वलाई नै सास फेर्नलायक बनाउन हामीलाई सहयोग गर्नेछ’- एक जना व्यापारी अर्थर बुच्चर्डले भन्नुभयो ।
जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताले आफूलाई काठको टावर बनाउन प्रेरित गरेको उहाँले बताउनुभयो ।
आउँदो सन् २०१९ को मार्च महिनामा मात्रै यसको उद्घाटन गरिने निर्माणकर्ताले जानकारी दिएका छन् । एमजोस टावरसँगै आवास र पौडी स्थलहरु, एउटा होटल, कार्यालयहरु, रेष्टुरेन्ट र केही खाली ठाउँ पनि रहेको छ ।
टावर खासमा ८१ मिटरको रहेको छ भने बाँकी ४.४ मिटर यसको छानो छ । त्यही छानोले यसलाई विश्वकै सबैभन्दा अग्लो बनाएको छ । यसअघि अष्ट्रियाको भियनामा बनाइएको होहो नामक टावर ८४ मिटर छ ।
भियनाको टावरमा मिश्रित सामग्रीहरु रहेका छन् । त्यसमा ७६ प्रतिशत काठ रहेको छ भने बाँकी अन्य सामग्रीहरु रहेका छन् । त्यसैले त्यो टावर अहिले नर्वेमा बनाइएको एमजोस टावर जस्तो होइन ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ