
इन्डोनेसियाको जाकर्तामा सम्पन्न १८औं एशियाली खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङमा रजत पदक विजेता खेलाडी पोखरामा मंगलबार खुसियाली मनाउँदै । तस्वीर – वासुदेव पौडेल, पोखरा, रासस
पोखरा, १९ भदौ – इण्डोनेशियामा सम्पन्न १८ औँ एशियाली खेलकूद प्रतियोगितामा मुलुकलाई प्याराग्लाइडिङ खेलमार्फत रजत पदक दिलाउने खेलाडीलाई आज पोखरामा भव्य स्वागत गरिएको छ ।
गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन, राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार बिष्ट र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले खेलाडीलाई पोखरा विमानस्थलमा स्वागत गर्नुभयो ।
प्याराग्लाइडिङ पुरुष टिम क्रस कन्ट्री इभेन्टमा सहभागी विजयी खेलाडी बिमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापालाई उहाँहरुले फूलगुच्छाले स्वागत गर्नुभएको हो । त्यसपछि खेलाडी टिमलाई गाडीमा राखेर पोखरा विमानस्थलदेखि बाजा–गाजासहित नगरका मुस्ताङचोक, विरौटा, ड्यामसाइड, राष्ट्रबैंक चोक, सिर्जनाचोक, नयाँ सडक, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोकलगायत विभिन्न स्थान हुँदै पोखरा रङ्गशालामा सम्मानका लागि लगिएको थियो ।
नगर परिक्रमाका क्रममा खेलाडी, स्थानीय, जनप्रतिनिधि, समाजसेवीको सहभागिता थियो भने कतिपय नगरवासीले आ–आफ्ना घरअगाडि स्वागतका लागि घडा राखेका थिए ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा