जेनेभा, १८ भदौ – भूमध्यसागरीय बाटो भएर यूरोप प्रवेशमा कडाइ गरिएसँगै यो बाटोको प्रयोगमा ह्वात्तै कमी आएपनि उक्त बाटो यूरोप जाने क्रममा आप्रबासी शरणार्थीले ज्यान गुमाएका घटनामा भने कमी आउन नसकेको संयुक्त राष्ट्रसङ्घले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा जनाएको छ ।
सन् २०१८ को जनवरीदेखि जुलाईसम्म उक्त बाटो भएर यूरोप पुग्ने आप्रवासी तथा शरणार्थीको सङ्ख्या ५८ हजारभन्दा बढी रहेको राष्ट्रसङ्घीय शरणार्थी मामिला हेर्ने निकाय (यूएनएचसीआर)ले जनाएको छ ।यो सङ्ख्या सन् २०१७ को सोही समयको तुलनामा ४१ प्रतिशतले कमी भएको जनाइएको छ ।
आप्रबासीले भूमध्यसागर हुँदै इटाली पुग्ने खतरनाक बाटोको प्रयोग गत बर्षभन्दा निकै घटेर ९५ हजारबाट १८ हजार ५०० पुगेको छ । तर खतरनाक सामुद्रिक बाटो प्रयोग गर्ने क्रममा वेपत्ता आप्रबासी शरणार्थीको सङ्ख्या भने यस बर्षको पहिलो सात महिनामा एक हजार ६०० पुगेको छ । सोही अवधिमा उक्त बाटोमा भएका मृतकको सङ्ख्या पनि एक हजार २०० जना रहेको छ ।
यो सङ्ख्या यस पहिले हुने गरेका वेपत्ता तथा मृतकको सङ्ख्याको तुलनामा कमी भएपनि प्रतिशतमा भने धेरै हो ।
सोमबार सार्वजनिक राष्ट्रसङ्घको तथ्याङ्क अनुसार भूमध्यसागरीय मार्गको प्रयोग गरी यूरोप छिर्ने हरेक १८ जनामा एक जनाले ज्यान गुमाएका जनाइएको छ । यो दर गत बर्षको सोही अवधिमा प्रत्येक ४२ मा एक जना रहेको थियो ।
यससँगै उक्त बाटो पुनः एक पटक विश्वकै खतरनाकमध्येको सामुद्रिक मार्ग ठहर भएको यूएनएचसीआरको यूरोप मामिला प्रमुख पास्कल मोरोउले एक वक्तब्य जारी गरी बताउनुभएको छ ।
यूरोप आउने आप्रबासी सङ्ख्यामा कमी आएसँगै यूरोपले कसरी उनीहरूलाई व्यवस्थापन गर्ने भन्ने सङ्कट टरेको छ तर मानवीय क्षतिमा कमी ल्याउन यूरोप लगायतका अन्तराष्ट्रिय समुदायको ध्यान जानु जरुरी भएको उहाँले बताउनुभयो ।
यूरोपमा आउने शरणार्थी सङ्ख्यामा कमी देखिएपनि अफ्रिका तथा मध्यपूर्वबाट यूरोप पुग्ने शरणार्थीका बिषयलाई लिएर इटाली, जर्मनी लगायतका मुलुकहरूमा राजनीतिक तनावमा भने कमी देखिएको छैन ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै