संयुक्त राष्ट्रसङ्घ, १७ भदौ (रासस/एएफपी) – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरेसले युद्धबिराम सम्झौता अनुरुप लिबियामा जारी हिंसा अन्त्य गर्न सबै सम्बद्ध पक्षसमक्ष आग्रह गर्नुभएको छ ।
लिबियाको स्वास्थ्य मन्त्रालयका अनुसार पाँच दिनभित्रै परस्पर लडाकू समूहबीचको हिंसात्मक झडपबाट ३९ जनाको मृत्यु भएको र करिब १०० जनाको मृत्यु भएको छ । यो झडप राजधानी सहर त्रिपोलीको दक्षिणी इलाकामा सोमबार भड्किएको थियो ।
“महासचिवले लिबियाको राजधानी सहरका बाहिरी इलाकाहरुमा फैलिएको हिंसाको निन्दा गर्नुभएको छ । हतियारधारीले जथाभावी गोली चलाउँदा आम सर्वसाधारणको मृत्यु र घाइते भएको खबर छ । हिंसाबाट बालबालिकाहरु समेत प्रताडित भएका छन्,” गुटेरेसको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
महासचिव गुटेरेसले हिंसात्मक घटनालाई तत्काल रोक्न र संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको युद्धबिराम सम्झौताको पालना गर्न सबै पक्षलाई आग्रह गर्नुभएको छ ।
बेलायत, फ्रान्स, इटाली र संयुक्तराज्य अमेरिकाका तर्फबाट जारी संयुक्त वक्तव्यमा त्रिपोली वा लिबियाका कुनै पनि भागमा हुने हिंसात्मक घटनाका दोषीमाथि कारबाही हुने चेतावनी दिइएको छ । सन् २०११ मा पूर्वनेता मोउमार कद्दाफी सत्ताच्यूत भएपछि त्रिपोलीमाथि प्रभाव जमाउन विभिन्न सशस्त्र समूह सक्रिय छन् ।
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी