लण्डन –एबी इन्टरनेसनलले बनाउन लागेको पहिलो चलचित्र ‘पासवर्ड’ को बेलायतका विभिन्न स्थानमा सुटिङ शुरु भएको छ ।
सिनेम्याक्स लण्डन लिमिटेडसंगको सहकार्यमा बन्न लागेको सो फिल्ममा फिल्म ‘ह्याप्पी डेज’ मार्फत अभिनयमा डेब्यु गरेका विक्की जोशी, दुई नवनायिका परी राना, लिसा सुनार, छुल्ठिम गुरुङ, अनुपविक्रम शाही, रविन्द्र झा, बुद्धि तामाङ र विक्रान्त बस्नेत मुख्य कलाकार छन् । विक्की फिल्मका क्रिएटिभ निर्देशक समेत हुन् ।
सस्पेन्स, एक्सन र थ्रीलर जानरमा बन्ने फिल्मलाई सम्राट बस्नेतले निर्देशन गर्दैछन् । उनको यो पहिलो फिचर निर्देशन हुनेछ । यसअघि उनले दर्जनौं फिल्ममा एक्सन कोरियोग्राफी गरिसकेका छन् । सौरभ लामाको छायांकन हुने फिल्मलाई सीमा गुरुङ, एलिस अधिकारी, विक्की जोशी र सम्राट बस्नेत मिलेर लेखेका हुन् । संगीत निर्देशन अर्जुन पोखरेलको हुनेछ । फिल्मका गीतहरुलाई रामजी लामिछानेले डान्स कोरियोग्राफी गर्नेछन् । अमित बस्नेत र हिरल जोशी यस फिल्मका निर्माता हुन् ।
फिल्मलाई नेपालको चलचित्र विकास बोर्डसहित ब्रिटिश फिल्म इन्सटिच्यूटमा समेत दर्ता गरेर निर्माण गर्न लागिएको छ । यो फिल्मको ९० प्रतिशत भन्दा बढी छायांकन बेलायत र अरु नेपालमा हुनेछ ।
गत आइतबारदेखि लन्डनमा सुटिङ सुरु भएको र यसकालागि नेपालबाट २० जना कलाकार तथा प्राविधिकहरुको टोली लण्डन आइपुगेको छ । लन्डन, बर्नमाउथ, ससेक्स लगायतका ठाउँमा फिल्म छायांकन गरिनेछ ।
फिल्मको एउटा रोचक पक्ष के हुनेछ भने यस फिल्ममा प्रख्यात बलिउड अभिनेत्री सन्नी लियोन समेत समावेश हुनेछिन् । नेपाली सिनेमा क्षेत्रमा यो नयां प्रयोग हुनेछ । सन्नी यसका लागि उत्साहित छिन् र उनी नेपाली फिल्मलाई माया गर्नुपर्छ भन्ने मन बोकेकी बलिउड अभिनेत्री हुन् ।
सन्नीले फिल्मका मुख्य अभिनेता जोशीसँग स्क्रिन सेयर गर्नेछिन् । उनी यसका लागि केही सातामै लन्डन आउनेछिन् ।
अवैध सुकुटी बिक्री गरेकोमा बेलायत अल्डरसटको ‘भिन्तुना’ रेस्टुरेन्ट दोषी
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ