लन्डन । बेलायतमा चिरपरिचित गायक, इभेन्ट अर्गनाइजर एवं साउण्ड इन्जिनियर सपनकुमार राई र नेपालबाट आएकी गायिका रुबी गौलीले साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा प्रत्येक शुक्रबार प्रस्तुत गरेको गायन लोकप्रिय बन्दै गएको छ । उनीहरुले शोमा प्रस्तुत गर्ने पुराना नयां हिन्दी र नेपाली गीत सुन्न दुबै समुदायका ग्राहक बढेका हुन् । दर्शकहरुको डिमाण्ड अनुसार किशोरकुमार देखि मुकेश, रफी, उदित लगायत सदाबहार श्रष्टाहरुको गीत प्रस्तुत गर्छन् उनीहरु ।
विगत २५ वर्षदेखि गायनमा आवद्ध पोखरा निवासी रुबी महिना दिन अघिमात्र बेलायत आएकी हुन् । उनले लन्डन, अल्डरसट लगायत ठाउंमा आफ्नो कला प्रस्तुत गरिसकेकी छन् । हिन्दी र नेपाली गायनमा उनको दख्खल छ । ‘बेलायत बसाइ अविष्मरणीय र रमाइलो भइरहेको छ’, रुबीले अनुभव सुनाइन्, ‘बेलायतका नेपालीको न्यानो मायाले अझ बसाइ सुःखद भएको छ ।’
पोखराको चर्चित गजल रेष्टुरेन्ट ‘ओपन हाउस’ मा बिगत २० वर्षदेखि निरन्तर गाउन थालेकी रुबी मेलोडियस आवाजका कारण पोखरामात्र होइन्, सबैतिर चर्चित छन् । उनका विभिन्न एल्बममा गीतसमेत रेकर्ड भइसकेका छन् भने कयौं स्टेज कार्यक्रम गरिसकिन् ।
दुई वर्ष अघि स्थापित गायिकाहरुको मात्र संस्था ‘हार्मोनीः दि मोर्डन संगस्ट्रेस अफ पोखरा’ को सदस्य पनि छन् रुबी । अझै ५ महिना बेलायत बसेर नेपाली दर्शक श्रोतालाई मनोरन्जन दिने सोचमा छिन् उनी । तर, डिमाण्ड कायमै रहे बसाइ बिस्तार गर्ने उनले बताइन् ।
सपन इन्टरेटनमेन्ट लिमिटेडले आर्टिष्ट वर्क परमिटमा बोलाएको हो रुबीलाई । उनले बेलायतमा पहिलो अवसर दिएकामा सपन इन्टरेटनमेन्ट लिमिटेडका निर्देशक सपनकुमार राईप्रति आभार समेत व्यक्त गरिन् । विगत २५ वर्षदेखि कार्यक्रम आयोजना र गायनमा समर्पित सपनले सयौं कलाकार बेलायत ल्याइसकेका छ्न् भने उनको नृत्य प्रतियोगिता ‘यूके डान्स अफ’ को तेश्रो संस्करण यही अक्टोबर १४ मा हुने तयारीमा छ ।
गोल्डेनसीपमा इण्डियन र नेपाली दुबै खालका ग्राहक आउने भएकाले ति ग्राहकको सन्तुष्टिका लागि नियमित शो राखिएको रेष्टुरेन्टका सञ्चालक देब गुरुङले बताए ।
गुरुङले नेपालबाट आउने हरेक कलाकारलाई आफ्नो रेष्टुरेन्टमा गाउन अवसर दिंदै आएका छन् । नेपाली कला, संस्कृति जगेर्ना आफ्नो उद्देश्य भएको गुरुङले बताए ।
तस्बिर- शिव भण्डारी
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’