लन्डन । बेलायतमा चिरपरिचित गायक, इभेन्ट अर्गनाइजर एवं साउण्ड इन्जिनियर सपनकुमार राई र नेपालबाट आएकी गायिका रुबी गौलीले साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा प्रत्येक शुक्रबार प्रस्तुत गरेको गायन लोकप्रिय बन्दै गएको छ । उनीहरुले शोमा प्रस्तुत गर्ने पुराना नयां हिन्दी र नेपाली गीत सुन्न दुबै समुदायका ग्राहक बढेका हुन् । दर्शकहरुको डिमाण्ड अनुसार किशोरकुमार देखि मुकेश, रफी, उदित लगायत सदाबहार श्रष्टाहरुको गीत प्रस्तुत गर्छन् उनीहरु ।
विगत २५ वर्षदेखि गायनमा आवद्ध पोखरा निवासी रुबी महिना दिन अघिमात्र बेलायत आएकी हुन् । उनले लन्डन, अल्डरसट लगायत ठाउंमा आफ्नो कला प्रस्तुत गरिसकेकी छन् । हिन्दी र नेपाली गायनमा उनको दख्खल छ । ‘बेलायत बसाइ अविष्मरणीय र रमाइलो भइरहेको छ’, रुबीले अनुभव सुनाइन्, ‘बेलायतका नेपालीको न्यानो मायाले अझ बसाइ सुःखद भएको छ ।’
पोखराको चर्चित गजल रेष्टुरेन्ट ‘ओपन हाउस’ मा बिगत २० वर्षदेखि निरन्तर गाउन थालेकी रुबी मेलोडियस आवाजका कारण पोखरामात्र होइन्, सबैतिर चर्चित छन् । उनका विभिन्न एल्बममा गीतसमेत रेकर्ड भइसकेका छन् भने कयौं स्टेज कार्यक्रम गरिसकिन् ।
दुई वर्ष अघि स्थापित गायिकाहरुको मात्र संस्था ‘हार्मोनीः दि मोर्डन संगस्ट्रेस अफ पोखरा’ को सदस्य पनि छन् रुबी । अझै ५ महिना बेलायत बसेर नेपाली दर्शक श्रोतालाई मनोरन्जन दिने सोचमा छिन् उनी । तर, डिमाण्ड कायमै रहे बसाइ बिस्तार गर्ने उनले बताइन् ।
सपन इन्टरेटनमेन्ट लिमिटेडले आर्टिष्ट वर्क परमिटमा बोलाएको हो रुबीलाई । उनले बेलायतमा पहिलो अवसर दिएकामा सपन इन्टरेटनमेन्ट लिमिटेडका निर्देशक सपनकुमार राईप्रति आभार समेत व्यक्त गरिन् । विगत २५ वर्षदेखि कार्यक्रम आयोजना र गायनमा समर्पित सपनले सयौं कलाकार बेलायत ल्याइसकेका छ्न् भने उनको नृत्य प्रतियोगिता ‘यूके डान्स अफ’ को तेश्रो संस्करण यही अक्टोबर १४ मा हुने तयारीमा छ ।
गोल्डेनसीपमा इण्डियन र नेपाली दुबै खालका ग्राहक आउने भएकाले ति ग्राहकको सन्तुष्टिका लागि नियमित शो राखिएको रेष्टुरेन्टका सञ्चालक देब गुरुङले बताए ।
गुरुङले नेपालबाट आउने हरेक कलाकारलाई आफ्नो रेष्टुरेन्टमा गाउन अवसर दिंदै आएका छन् । नेपाली कला, संस्कृति जगेर्ना आफ्नो उद्देश्य भएको गुरुङले बताए ।
तस्बिर- शिव भण्डारी
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा