काठमाडौँ, १५ भदौ – एशिया कप क्रिकेटको छनोट प्रतियोगिताअन्तर्गत नेपालले तेस्रो खेल शनिबार आयोजक मलेशियासँग खेल्दैछ ।
जारी प्रतियोगितामा दुई खेलमा पराजय भोगेको नेपाल अङ्कविहीन छ । नेपाल ओमनसँग सात विकेटले तथा संयुक्त अरब इमिरेट्स (युएइ) सँग ७८ रनले पराजित भइसकेको छ । दुई खेल खेलको मलेशियाले दुई अङ्क जोडेको छ । मलेशियाले हङकङलाई तीन विकेटले हराएको थियो भने ओमनसँग दुई विकेटले पराजित भएको थियो ।
प्रतियोगितामा ६ राष्ट्र सहभागी छन् । युएई चार अङ्कसहित शीर्षस्थानमा छ । युएईले सिङ्गापुर र नेपाललाई पराजित गरेको थियो । ओमन रनरेटका आधारमा दोस्रो स्थानमा छ । एक-एक खेलमा विजयी हङकङ र मलेशिया दुई-दुई अङ्कका साथ क्रमश तेस्रो र चौथो स्थानमा छन् । नेपाल पाँचौँ तथा सिङ्गापुर छैटौँ स्थानमा छ ।
छनोट खेल्ने ६ टोलीमध्ये नेपाल र युएई आइसिसी एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्र हुन् भने हङकङ हाल डिभिजन दुईमा छ । ओमन र सिङ्गापुर डिभिजन तीनमा तथा मलेसिया डिभिजन चारमा छ ।
छनोट प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । विजेता टोली एशिया कपमा सहभागि हुन पाउनेछ । एशिया कप यही भदौ २८ देखि असोज १२ गतेसम्म हुनेछ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा