काठमाडौँ, १५ भदौ – एशिया कप क्रिकेटको छनोट प्रतियोगिताअन्तर्गत नेपालले तेस्रो खेल शनिबार आयोजक मलेशियासँग खेल्दैछ ।
जारी प्रतियोगितामा दुई खेलमा पराजय भोगेको नेपाल अङ्कविहीन छ । नेपाल ओमनसँग सात विकेटले तथा संयुक्त अरब इमिरेट्स (युएइ) सँग ७८ रनले पराजित भइसकेको छ । दुई खेल खेलको मलेशियाले दुई अङ्क जोडेको छ । मलेशियाले हङकङलाई तीन विकेटले हराएको थियो भने ओमनसँग दुई विकेटले पराजित भएको थियो ।
प्रतियोगितामा ६ राष्ट्र सहभागी छन् । युएई चार अङ्कसहित शीर्षस्थानमा छ । युएईले सिङ्गापुर र नेपाललाई पराजित गरेको थियो । ओमन रनरेटका आधारमा दोस्रो स्थानमा छ । एक-एक खेलमा विजयी हङकङ र मलेशिया दुई-दुई अङ्कका साथ क्रमश तेस्रो र चौथो स्थानमा छन् । नेपाल पाँचौँ तथा सिङ्गापुर छैटौँ स्थानमा छ ।
छनोट खेल्ने ६ टोलीमध्ये नेपाल र युएई आइसिसी एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्र हुन् भने हङकङ हाल डिभिजन दुईमा छ । ओमन र सिङ्गापुर डिभिजन तीनमा तथा मलेसिया डिभिजन चारमा छ ।
छनोट प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । विजेता टोली एशिया कपमा सहभागि हुन पाउनेछ । एशिया कप यही भदौ २८ देखि असोज १२ गतेसम्म हुनेछ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता