द हेग, ११ भदौ – संयुक्तराज्य अमेरिकाले इरानका विरुद्धमा पछिल्लोपटक लगाएको प्रतिबन्ध पक्षपातपूर्ण रहेको भन्दै राष्ट्रसंघको उच्च अदालतमा इरानले गरेको उजूरीमाथि सुनुवाई शुरु भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन साताअघि इरानमाथि एकपक्षीय कडा प्रतिबन्धहरुको घोषणा गर्नुभएको थियो । सन् २०१५ को बहुपक्षीय आणविक सम्झौताबाट अमेरिका अलग भएको घोषणा गरी ट्रम्पले इरानमाथि नयाँ प्रतिबन्धहरु लगाउनुभएको हो ।
दोस्रो चरणका यी प्रतिबन्धहरु नोभेम्बरको शुरुदेखि नै लागू हुँदैछन् र प्रतिबन्धहरुले खासगरी इरानी तेल र ऊर्जा क्षेत्रलाई लक्षित गरेको छ ।
तेहरानले जुलाईमै अन्तर्राष्ट्रिय न्यायालयमा मुद्दा दर्ता गरेको थियो । इरानले हेगमा रहेको ट्रिबुनल समक्ष अमेरिकी प्रतिबन्धहरु तत्काल हटाउन माग गरेको छ । इरानको भनाई छ, “प्रतिबन्धले इरानमाथि अपूरणीय पक्षपात गरेको छ ।”
तेहरानले अमेरिकासँग यस्तो प्रतिबन्धात्मक कारबाही गर्ने कुनै अधिकार नरहेको भन्दै हानिनोक्सानी भएमा त्यसको क्षतिपूर्ति अमेरिकाले तिर्नुपर्ने जनाएको छ ।
इरानले आणविक महत्वाकाँक्षालाई सीमित गर्नेगरी सन् २०१५ मा भएको ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेसँगै इरानमाथिका कतिपय प्रतिबन्धहरु फुकुवा भएका थिए ।
राष्ट्रराष्ट्रबीचका विवादहरु सुल्झाउन सन् १९४६ मा स्थापना भएको आइसीजेले तेहरानका सम्बन्धमा अन्तरिम फैसला सुनाउन केही महिना लगाउने देखिन्छ । अन्तिम फैसला आउन वर्षौं लाग्न सक्दछ ।
ट्रम्पले “इरानको पारमाणविक बम निर्माण गर्ने मार्गलाई पूर्णतः रोक्ने मुख्य उद्देश्य हासिल गर्न असफल रहेको एकपक्षीय सम्झौता” आफूलाई मान्य नहुने भन्दै सम्झौताबाट अलग्गिएको घोषणा गर्नुभएको थियो । सन् २०१५ को यो सम्झौतामा राष्ट्रसंघका पाँच स्थायी सदस्य राष्ट्रहरु सहित जर्मनीले हस्ताक्षर गरेका थिए ।
सम्झौतामा हस्ताक्षर गर्ने राष्ट्रहरुले अनुरोध गरेपनि ट्रम्पले सम्झौता खारेज गरी नयाँ प्रतिबन्धहरु लगाउने घोषणा गर्नुभएको थियो ।
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी