पेरिस, फ्रान्स, ११ भदौ – यूरोपेली संघ (इयू) अमेरिकी शक्तिमा आश्रित हुन रोकिनुपर्ने बताउँदै सोमबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले आफूले इयूको सुरक्षा संरचनालाई प्रोत्साहित गर्ने नयाँ प्रस्ताव राख्ने बताउनुभएको छ ।
फ्रान्सका राष्ट्रपतिले कूटनीतिक कार्यसूचीलाई पुनः प्रस्तुत गर्ने सन्दर्भमा दिएको वक्तव्यमा भन्नुभयो, “यूरोपले अब सुरक्षाको बिषयमा अमेरिकामाथि विश्वास गर्नु सक्दैन । यूरोपको सुरक्षाको प्रत्याभुत गराउने कुरा हामीमा निहित कुरा हो ।”
गृष्मकालीन विदापछि काममा फर्कने सन्दर्भमा आगामी दिनका कार्ययोजनालाई छलफल गर्न बसेको करिब २५० कूटनीतिज्ञ, सांसद तथा अन्तराष्ट्रिय विषयका जानकारहरू श्रोता रहेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “प्रस्ताव आगामी केही महिनामा सार्वजनिक गरिने छ ।”
‘मैले रुससहित इयू सदस्य राष्ट्रसँग हाम्रो सुरक्षाको सविस्तार समीक्षा गर्न जरुरी ठानेको छु’, म्याक्रोँले भन्नुभयो ।
फ्रान्सका राष्ट्रपतिको प्रतिक्रिया परम्परागत उत्तर अटलान्टिक सन्धि सङ्गठन (नेटो) सहयोगी मुलुकसँग अमेरिकालाई टाढा राख्ने गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको श्रृङ्खलावद्ध सङ्केतहरूपछि आएको हो ।
म्याक्रोँले इयूको वर्तमान् अवस्थालाई व्यापक सुधार ल्याउने प्रतिवद्धताका साथ गत बर्ष फ्रान्सको राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उहाँको इयू क्षेत्रको सुरक्षाका लागि छुट्टै बजेटसहित व्यापक राजनीतिक सुधारको नारालाई लिएर अहिलेसम्म विमति व्यक्त भएका छैनन् ।
मङ्गलबार डेनमार्क तथा फिनल्याण्डको तीन दिन लामो भ्रमणमा निस्कन लाग्नुभएका आफ्नो पछिल्लो योजनामा समर्थन जम्मा गर्ने पहल गर्ने अनुमानहरू गरिएको छ ।
“हामीले नयाँ पहल लिनु र नयाँ गठबन्धन बनाउनु जरुरी छ”- उहाँले थप्नुभयो ।
फ्रान्सले राष्ट्रियताबारे जागृत भएको र अतिवादले कडा स्वरुप लिइरहेका समय यसबाट बच्न नयाँ सोचका साथ अघि बढ्नुपर्ने बताउनुभएको हो ।
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन