पेरिस, फ्रान्स, ११ भदौ – यूरोपेली संघ (इयू) अमेरिकी शक्तिमा आश्रित हुन रोकिनुपर्ने बताउँदै सोमबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले आफूले इयूको सुरक्षा संरचनालाई प्रोत्साहित गर्ने नयाँ प्रस्ताव राख्ने बताउनुभएको छ ।
फ्रान्सका राष्ट्रपतिले कूटनीतिक कार्यसूचीलाई पुनः प्रस्तुत गर्ने सन्दर्भमा दिएको वक्तव्यमा भन्नुभयो, “यूरोपले अब सुरक्षाको बिषयमा अमेरिकामाथि विश्वास गर्नु सक्दैन । यूरोपको सुरक्षाको प्रत्याभुत गराउने कुरा हामीमा निहित कुरा हो ।”
गृष्मकालीन विदापछि काममा फर्कने सन्दर्भमा आगामी दिनका कार्ययोजनालाई छलफल गर्न बसेको करिब २५० कूटनीतिज्ञ, सांसद तथा अन्तराष्ट्रिय विषयका जानकारहरू श्रोता रहेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “प्रस्ताव आगामी केही महिनामा सार्वजनिक गरिने छ ।”
‘मैले रुससहित इयू सदस्य राष्ट्रसँग हाम्रो सुरक्षाको सविस्तार समीक्षा गर्न जरुरी ठानेको छु’, म्याक्रोँले भन्नुभयो ।
फ्रान्सका राष्ट्रपतिको प्रतिक्रिया परम्परागत उत्तर अटलान्टिक सन्धि सङ्गठन (नेटो) सहयोगी मुलुकसँग अमेरिकालाई टाढा राख्ने गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको श्रृङ्खलावद्ध सङ्केतहरूपछि आएको हो ।
म्याक्रोँले इयूको वर्तमान् अवस्थालाई व्यापक सुधार ल्याउने प्रतिवद्धताका साथ गत बर्ष फ्रान्सको राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उहाँको इयू क्षेत्रको सुरक्षाका लागि छुट्टै बजेटसहित व्यापक राजनीतिक सुधारको नारालाई लिएर अहिलेसम्म विमति व्यक्त भएका छैनन् ।
मङ्गलबार डेनमार्क तथा फिनल्याण्डको तीन दिन लामो भ्रमणमा निस्कन लाग्नुभएका आफ्नो पछिल्लो योजनामा समर्थन जम्मा गर्ने पहल गर्ने अनुमानहरू गरिएको छ ।
“हामीले नयाँ पहल लिनु र नयाँ गठबन्धन बनाउनु जरुरी छ”- उहाँले थप्नुभयो ।
फ्रान्सले राष्ट्रियताबारे जागृत भएको र अतिवादले कडा स्वरुप लिइरहेका समय यसबाट बच्न नयाँ सोचका साथ अघि बढ्नुपर्ने बताउनुभएको हो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने