काठमाडौँ, ९ भदौ – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टीको महासमिति बैठक आगामी मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँमा गर्ने भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपामा आज सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले सो निर्णय गरेको पार्टी कार्यालयले जनाएको छ ।
बैठकले पार्टी सभापति देउवाको संयोजकत्वमा पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्य रहने गरी महासमिति बैठकको मूल तयारी समितिसमेत गठन गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
महासमिति बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रस्ताव तयार गर्न उपसभापति एवं केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको संयोजकत्वमा राजनीतिक प्रस्ताव तयारी समिति गठन गरिएको छ ।
महासमिति बैठकमा साङ्गठनिक प्रतिवेदन महामन्त्री डा शशांक कोइरालाले र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन कोषाध्यक्ष सीतादेवी यादवले प्रस्तुत गर्नुहुनेछ । त्यस्तै पार्टीको समग्र आर्थिक नीति मस्यौदा समिति सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा गठन गरिएको छ ।
विधान संशोधन मस्यौदा समितिमा जिल्ला सभापतिको हेटौँडामा सम्पन्न राष्ट्रिय भेलाको प्रस्तावअनुसार जिल्ला पार्टी सभापति मध्येबाट स्थायी आमन्त्रितका रुपमा दुई जना सदस्य थप गर्ने बैठकले निर्णय गरेको प्रवक्ता शर्माले बताउनुभयो ।
बैठकले काठमाडौँ जिल्ला कार्यसमिति काङ्ग्रेसका सभापतिको संयोजकत्वमा ललितपुर र भक्तपुरका सभापति सदस्य रहने गरी स्थानीय व्यवस्थापन समिति गठन गरेको छ । बैठकले कञ्चनपुरमा १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको गहन छानबिन गरी अपराधीमाथि तत्काल कारबाहीको माग गरेको छ ।
बैठकले उक्त घटनाका सम्बन्धमा कञ्चनपुरमा भएको विरोधसभामा प्रहरीको गोलीबाट निधन हुनुभएका निर्दोष बालक सन्नी खुनाको परिवारलाई राहत तथा क्षतिपूर्तिको माग गरेको छ । बैठकले सबै घाइतेको सम्पूर्ण उपचारका लागि सरकारलाई आग्रह गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
बैठकले कञ्चनपुर घटनाको यथार्थबारे स्थलगत अध्ययन गरी प्रतिवेदन पेश गर्न केन्द्रीय सदस्यद्वय दीलेन्द्रप्रसाद बडू र वीरबहादुर बलायर रहुन भएको टोली यही भदौ १० गते कञ्चनपुर पुग्ने गरी पठाउने निर्णय गरेको छ ।
काङ्ग्रेसले यही भदौ १ गतेदेखि लागू भएको मुलुकी ऐनका केही प्रावधानले खास गरी प्रेस स्वतन्त्रतामा असर पुग्ने, चिकित्सकको मर्यादामा आँच पुग्ने र प्रहरी अनुसन्धानलाई असर पुरयाउन सक्ने निष्कर्ष निकाल्दै संशोधनका लागि आवश्यक प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।
बैठकले सङ्घीय, प्रदेश तथा स्थानीय तहमा हचुवा ढङ्गले कर बढाइएको घटनाले सर्वसाधारणको जनजीवन आक्रान्त हुनुका साथै लगानीकर्ता तथा उद्यमशील वर्गलाई यसले निरुत्साहित गर्ने ठहर गरेको छ । साथै पार्टीले तीनै तहका सरकारलाई करको दर बढाउने एवं दोहोरो–तेहोरो करमार्फत जनतालाई थप आर्थिक बोझ सिर्जना नगर्न सचेत गराएको छ ।
समयमै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठन नगर्नुको परिणाममा पनि करका विषयमा जटिलता उत्पन्न भएको ठहर काङ्ग्रेसले गरेको छ । मित्रराष्ट्र पाकिस्तानमा नयाँ प्रधानमन्त्रीका रुपमा पूर्वक्रिकेटर इमरान खान निर्वाचित हुनुभएकामा काङ्ग्रेस बैठकले बधाई ज्ञापन गरेको छ ।
काङ्ग्रेस केन्द्रीय कार्यसमितिको अर्को बैठक यही २१ गते बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनःबस्ने प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने