गुजरात, भारत, ७ भदौ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हरेक भारतीय नागरिकलाई आफ्नै घरको सुनिश्चतता गराउने आफ्नो सपना रहेको बताउनुभएको छ ।
उहाँले आगामी सन् २०२२ सम्ममा सबै नागरिकको आफ्नै घर हुने बिहीबार आयोजित एक कार्यक्रममा बताउनुभयो ।
प्रधानमन्त्री आवास योजनाबाट लाभान्वितहरुलाई प्रमाणपत्र वितरण गर्न गुजरातमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री मोदीले यस्तो बताउनु भएको हो ।
उहाँले यो मेरो सपना भएकाले सन् २०२२ सम्ममा हरेक नागरिकलाई आफ्नै घरको व्यवस्था गराउनका लागि आफूले प्रयास गरिरहेको जानकारी दिनुभयो ।
उहाँले थप्नुभयो, “हामीले अहिलेसम्म राजनीतिक नेताहरुले मात्रै सरकारी घर पाएको सुनेका छौँ, तर अव चाडै नै गरिव जनताले पनि सरकारबाट आफ्नै घर पाएको सुन्न पाउनुहुनेछ ।”
उहाँले प्रधानमन्त्री आवास योजना अन्तर्गत निकै राम्रा घर बन्न सम्भव भएको र त्यसमा कुनै मध्यम बर्गीय नागरिक नरहेको बताउनुभयो ।
भारतको महत्वपूर्ण चाड रक्षा बन्धनको पूर्व सन्ध्यामा प्रधानमन्त्री मोदी मार्फत् गुजरातका गरिब बर्गका महिलाहरुलाई घर हस्तान्तरण गरिएको हो ।
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी