
इण्डोनेसियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदमा नेपालको सहभागिताबारे पत्रकारसँग कुरा गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्ट । तस्बिर – रोशन सापकोटा, रास
काठमाडौँ, ७ भदौ – इण्डोनेसियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदको आजसम्म आइपुग्दा केही राष्ट्रिय कीर्तिमानबाहेक नेपाली खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेका छैनन् ।
भारोत्तोलनमा कमलबहादुर अधिकारीले एक र सञ्जु चौधरीले तीनवटा राष्ट्रिय कीर्तिमान बनाउनुबाहेक अन्य स्पर्धामा नेपालको प्रदर्शन पहिलो र दोस्रो चरणबाटै समाप्त भएको छ ।
महिला ५३ केजी तौल समूहमा सञ्जुले स्न्याचमा ७२ र क्लिन एण्ड जर्कमा ८६ केजी गरी कूल १५८ केजी तौल बहन गर्दै तीन राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । सञ्जुले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानसमेत भङ्ग गरेकी हुन् ।
अधिकारीले पुरुष ६९ केजीको स्न्याच, क्लिन एन्ड र कूलमा गरी आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन् । कमलले स्न्याचमा ११९ केजी र क्लिन एन्ड जर्कमा १६० गरी कूल २७९ केजी भार बहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे ।
पदकको आशा गरिएको तेक्वान्दोमा पनि नेपालको प्रदर्शन जम्न सकेन । तेक्वान्दोमा महिला ४९ केजीमुनि अस्मिता खड्का र पुरुष ६८ केजीमुनि ज्ञानेन्द्र हमालले आज नेपालको चुनौती प्रस्तुत गर्नेछन् । अन्य खेलाडी भने यसअघि नै बाहिरीए ।
बुधबार पाँचौँ दिनको खेल सकिँदासम्म नेपालको फुटबल, कुस्ती, उसु, लनटेनिस र सुटिङमा चुनौती समाप्त भएको छ । नेपालले २९ खेलमा प्रतिस्पर्धा गरिरहेको छ ।
प्रतियोगितामा भारतबाहेक दक्षिण एशियाली मुलुक सबैको अवस्था उस्तै छ । अहिलेसम्म नेपालसहित पाकिस्तान, बङ्गलादेश, भुटान, माल्दिभ्स र श्रीलङ्काले पदक तालिमा खाता खोल्न सकेका छैनन् । अफगानिस्तानले भने उसुको ६५ केजी तौल समूहमा बुधबार एउटा कास्य पदक जितको छ ।
भारतले प्रतियोगितामा चार स्वर्ण, तीन रजत र आठ कास्य गरी १५ पदक जित्न सफल भइसकेको छ । प्रतियोगितामा सहभागी ४५ मुलुकमध्ये पाँचौँ दिनको खेल सकिँदासम्म २४ देशले पदक जित्न सफल भएका छन् । अहिलेसम्म चीनले सर्वाधिक ४४ स्वर्ण, ३३ रजत र १५ कास्य गरी ९२ पदक जितेको छ । त्यसैगरी चीनलाई पच्छ्याउँदै जापानले २० स्वर्ण, २३ रजत र २६ कास्यसहित ६९ पदक जित्न सफल भएको छ । एशियाडमा ४५ देशका ११ हजार ५०० खेलाडी सहभागी छन् ।
यो समाचार तयार पार्दासम्मको पदक तालीका यस प्रकार छ-
देश- स्वर्ण- रजत- कास्य- जम्मा
चीन- ४४- ३३- १५- ९२
जापान- २०- २३- २६- ६९
दक्षिण कोरिया- ११- १६- २३- ५०
इरान- ९- ६- ६-२१
इण्डोनेसिया- ६- ४- ७- १७
उत्तर कोरिया- ५- २- ३- १०
विज्वेकिस्तान- ४- ५- ६- १५
थाइल्याण्ड ४- २- ११-१७
भारत- ४- ३- ८- १५
चाइनिज चाइपेई- ३- ४- ८- १५
मङ्गोलिया- ३- २- ४- ९
काजाकिस्तान- १- ६- १५- २२
लेबनान- १- १- २- ४
मलेसिया- १- १- १- ३
मकाउ- १- १– २
फिलिपिन्स- १– ५- ६
सिंगापुर- १–३- ४
जोर्डन- १- २- ३
किर्गिस्तान – ४- ५- ९
भियतनाम – ४- ७- ११
हङकङ – २- ७- ९
तुर्कमिनिस्तान – १- १- २
म्यान्मार – – २- २
अफगानिस्तान – – १- १
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता