जकार्ता, १ भदौ (रासस/एपी) – आकारको दृष्टिमा एसियाली खेलकूद असाधारण छ । यस प्रतियोगितामा करिब ११,५०० एथ्लेटिक्स खेलाडी सहभागी हुनेछन् । यो संख्या गृष्मकालीन ओलम्पिकमा सहभागी हुनेभन्दा १,००० बढी हो ।
विविधताको दृष्टिमा, ओलम्पिकमा नदेखिएका धेरै किसिमका खेलहरु यहाँ समेटिएका छन् र यी एसियाका खास खेल हुन् । जस्तै-भारतको लोकप्रिय खेल कबड्डी, उज्वेकिस्तानको परम्परागत मार्सल आर्ट वा इन्डोनेसियाली मार्सल आर्ट । प्रतियोगितामा इस्पोर्टलाई पनि समावेश गरिएको छ भने जेट स्की पनि कार्यक्रममा समाविष्ट छ ।
शनिबार औपचारिक रुपमा प्रारम्भ भएर सेप्टेम्बर २ तारिखसम्म चल्ने यस कुम्भमेलामा स्पोर्ट्स क्लाइम्बिङ र स्केटबोर्ड खेल पनि समावेश गरिएको छ । सन् २०२० को टोक्यो ओलम्पिकमा समेत यी दुई खेल पनि राखिएको छ ।
जिम्नास्टिक वा पौडीभन्दा पनि पुरानो तर ठूलै जनसमूहले रुचाएको कन्ट्राक्ट ब्रिज खेल पनि यसपटक राखिएको छ । यस खेलमा भाग लिने सबैभन्दा पाका व्यक्तिको उमेर ८१ वर्षको छ । “यो खेलका लागि हामीले साँच्चिकै मेहनत गरेका छौं,” स्थानीय आयोजक समितिका महासचिव एरिस हेर्यान्तोले बताउनुभयो- “हाम्रो विचारमा हामीले तयारी पूरा गरिसक्यौं ।”
जकार्ताका लागि यस प्रतियोगिताको तयारीका लागि समय त्यति धेरै थिएन । आर्थिक समस्याका कारण देखाउँदै मुख्य आयोजक भियतनामले प्रतियोगिता गर्न नसक्ने जनाएपछि चार वर्षअघि इन्डोनेसियाको काँधमा आएको थियो । इन्डोनेसिया समक्ष यो भन्दा ठूला प्रतियोगिता आयोजना गर्ने क्षमता छ भन्ने देखाउने अवसर पनि यसपटक हुन सकेन । तर एसियाली ओलम्पिक परिषद्को सहयोग जकार्ताका लागि उल्लेखनीय रह्यो ।
जकार्तामा विश्वमै सबैभन्दा खराब ट्राफिक अस्तव्यस्तता छ । सडकमा मोटरसाइकलको दौडधूप समुद्रको छालजस्तै छ । एथ्लेटिक्स खेलाडीलाई तोकिएको रङ्गशालामा समयमै पुरयाउनु आयोजकका लागि चुनौतीपूर्ण हुने गर्दछ । खेलाडी हिँड्ने कतिपय मार्गका छेउछाउका स्कुल बन्द गरिएका छन्, र सहरको ट्राफिक समस्या सुल्झाउन सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ ।
तर कसैलाई पनि घरमै बस्नुचाहिँ भनिएको छैन ।
“हामीले आम मानिसलाई एसियाली खेलकूद हेर्न आमन्त्रण गरेका छौं, तर आउँदा सार्वजनिक यातायातका साधनको प्रयोग गर्नुहोस्” हेर्यान्तोले भन्नुभयो । उहाँले यसले मानिसको व्यवहार परिवर्तनमा पनि सघाउने हामीले विश्वास लिएका छौं ।
सुरक्षा व्यवस्था कडा बनाइएको छ । आयोजकहरुको भनाईमा प्रतियोगिता अवधिभर १००,००० प्रहरी र सैनिकले गस्ती गर्नेछन् र अरु १००,००० सेना र प्रहरी तयारी अवस्थामा हुनेछन् ।
इन्डोनेसियाले आफूलाई ओलम्पिक मुलुकका रुपमा सोच्न थालिसकेको छ । करिब २६ करोड जनसंख्या रहेको इन्डोनेसिया चीन, भारत र संयुक्तराज्य अमेरिकापछिको सबैभन्दा बढी जनसंख्या भएको चौथो मुलुक हो । यहाँ करिब १३,५०० द्वीप छन् र यिनीहरु ५१०० किलोमिटर क्षेत्रमा फैलिएका छन् ।
विचित्र विशेषतायुक्त मुलुक भएपनि एसियाली खेलकूदमा चीन, जापान र दक्षिण कोरियाका शक्तिशाली टीमहरुबीच नै मुख्य प्रतिस्पर्धा हुनेछ । ओलम्पिकमा पदक जित्न नसकेको केही साना राष्ट्रहरुका लागि पनि पदक पाउने यो सुवर्ण अवसर हो ।
अफगानिस्तान, बहराइन र बंगलादेशदेखि उज्बेकिस्तान, भियतनाम र यमनसम्मका ४५ मुलुकका खेलाडीले यहाँ भाग लिँदैछन् । एउटा सानो मुलुक सिंगापुरबाट ओलपिम्क स्वर्ण पदक विजेता जोसेफ स्कूलिङले प्रतिस्पर्धा गर्दैछन् । उनले रियो दे जेनेरियामा दुई वर्षअघि भएको ओलम्पिक खेलमा १०० मिटर बटरफ्लाई पौडीमा विश्व च्याम्पियन माइकल फेल्प्सलाई पराजित गरेका थिए ।
चीनबाट सबैभन्दा ठूलो टोलीले भाग लिँदैछ । यहाँबाट ८४५ जना एथ्लेटिक्स खेलाडीले भाग लिनेछन् । तर यो युवाले भरिएको छ । विगतमा एसियाली खेलकूद वा ओलम्पिकमा सहभागी रहिसकेका २१४ जना मात्र खेलाडी चीनले पठाउँदैछ । चीनबाट केबल १९ जनामात्र ओलम्पिक स्वर्ण पदक विजेता सहभागी हुनेछन् । तीन पटक पौडीमा ओलम्पिक स्वर्ण पदक विजेता सन याङले पनि यसपटक सहभागिता जनाएका छन् ।
कम छैनन् दक्षिण कोरिया र जापान पनि
दक्षिण कोरियाले ८०७ जना एथ्लेटिक्स खेलाडी पठाएको छ जसमा उत्तर कोरियाका ३८ जना एथ्लेटिक्स खेलाडी पनि समावेश छन् । कोरियालीका धेरैवटा संयुक्त टोली पनि छन् । दक्षिण कोरियामा आयोजित शितकालीन ओलम्पिकमा सहभागी महिला संयुक्त हकी टीमले पनि यहाँ सहभागिता जनाएको छ ।
जापानबाट ७६८ जनाको टोली जकार्ता पुगेको छ । रियो द जेनेरियोको ओलम्पिक खेलमा सहभागीभन्दा दोब्बर खेलाडी जापानबाट यहाँ आइपुगेका हुन् । यसैले पनि एसियाली खेलकूदको आकारलाई प्रतिबिम्बित गर्दछ ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित