काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं ५ को एकताका लागि गठित कार्यदलले बिहीबार महासचिव विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएको छ ।
नेकपाको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा एकताका लागि गठन गरिएको कार्यदलका सदस्य तथा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, मणि थापा, गणेशमान पुन र दलबहादुर राना रहेको कार्यदलले प्रतिवेदन बुझाएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी गराए ।
प्रतिवेदनमा प्रदेश कमिटी, जिल्ला कमिटी, केन्द्रीय सल्लाहकार र राष्ट्रिय प्रतिनिधि परिषद्मा रहेकाको नामावली छ । कार्यदल सदस्य थापाका अनुसार प्रदेश कमिटीमा १५१ जनाको नामावली बुझाइएको छ ।
उनले प्रदेश कमिटीको अध्यक्ष र सचिवको नामपछि टुङ्ग्याउने गरी र जिल्ला कमिटी भने अध्यक्ष र सचिव टुङ्ग्याएर प्रतिवेदन बुझाइएको जानकारी गराए । उनका अनुसार जिल्ला कमिटीमा दाङ, प्यूठान, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, गुल्मी र पाल्पामा पूर्वनेकपा (एमाले) बाट नेतृत्व र पूर्वी रुकुम, रोल्पा, बाँके, बर्दिया र नवलपुर जिल्लामा पूर्वमाओवादी केन्द्रको नेतृत्वमा छ ।
अध्यक्ष एक पूर्वपार्टीले पाए सचिव अर्को पूर्वपार्टीलाई दिइने गरी भागबन्डा गरिएको छ । नेकपाले आजसम्म सबै कमिटीलाई एकताका लागि प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । यसअघि कर्णाली प्रदेशका लागि गठित कार्यदलले प्रतिवेदन बुझाएको छ ।
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
मध्यपूर्व तनाव चर्कियो