काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं ५ को एकताका लागि गठित कार्यदलले बिहीबार महासचिव विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएको छ ।
नेकपाको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा एकताका लागि गठन गरिएको कार्यदलका सदस्य तथा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, मणि थापा, गणेशमान पुन र दलबहादुर राना रहेको कार्यदलले प्रतिवेदन बुझाएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी गराए ।
प्रतिवेदनमा प्रदेश कमिटी, जिल्ला कमिटी, केन्द्रीय सल्लाहकार र राष्ट्रिय प्रतिनिधि परिषद्मा रहेकाको नामावली छ । कार्यदल सदस्य थापाका अनुसार प्रदेश कमिटीमा १५१ जनाको नामावली बुझाइएको छ ।
उनले प्रदेश कमिटीको अध्यक्ष र सचिवको नामपछि टुङ्ग्याउने गरी र जिल्ला कमिटी भने अध्यक्ष र सचिव टुङ्ग्याएर प्रतिवेदन बुझाइएको जानकारी गराए । उनका अनुसार जिल्ला कमिटीमा दाङ, प्यूठान, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, गुल्मी र पाल्पामा पूर्वनेकपा (एमाले) बाट नेतृत्व र पूर्वी रुकुम, रोल्पा, बाँके, बर्दिया र नवलपुर जिल्लामा पूर्वमाओवादी केन्द्रको नेतृत्वमा छ ।
अध्यक्ष एक पूर्वपार्टीले पाए सचिव अर्को पूर्वपार्टीलाई दिइने गरी भागबन्डा गरिएको छ । नेकपाले आजसम्म सबै कमिटीलाई एकताका लागि प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । यसअघि कर्णाली प्रदेशका लागि गठित कार्यदलले प्रतिवेदन बुझाएको छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त