
कान्दहार सिटीमा बस प्रतिक्षा गर्दै यात्रुहरु । युद्धका कारण सयौं अफगानी विस्थापित भएका छन् । तस्विर सिन्हवा
काबुल, अफगानिस्तान, २८ साउन – अफगानिस्तानको गजनी शहरबाट तालिवान विद्रोहीलाई धपाउने क्रममा तीन दिनदेखि भइरहेका युद्धमा परी करिब ३०० जनाको मृत्यु भएको अफगानिस्तानी रक्षा मन्त्रीले सोमबार बताउनुभएको छ ।
तालिवानी समूहले गजनीस्थित निर्वाचन कार्यालयमा आगलागी गरी काबुल–कान्दाहर राजमार्गलाई अवरुद्ध गर्ने प्रयासपछि भएका भीडन्तमा परी कम्तीमा १०० सुरक्षाकर्मीले ज्यान गुमाएका रक्षामन्त्री तारिक शाह बरामीले काबुलमा गरेको पत्रकार सम्मेलनमा पुष्टी गर्नुभएको छ ।
“उक्त भिडन्तमा विद्रोहीतर्फका १९४ लडाकूको मृत्यु भएको छ भने मृतकमध्ये ९५ जना तालिवानी लडाकू रहेका छन्,” रक्षामन्त्री बरामीले थप्नुभयो । सरकारी फौज र विद्रोहीबीचको भीडन्तमा परी २० देखि ३० सर्वसाधारणको मृत्युभएको पनि उहाँले जानकारी गराउनुभयो ।
मृतक विद्रोहीमध्ये १२ जना तालिवानी कमाण्डरस्तरका लडाकूरहेका रक्षामन्त्रीले बताउनुभयो ।
शुक्रबारबाट शुरु भएको सरकारी सुरक्षाकर्मी र विद्रोहीबीचको भीडन्तका क्रममा गजनी शहर र शहर वरपरका क्षेत्रको सञ्चार सञ्जाल प्राय अवरुद्ध बनेको छ । यस विषयमा स्थानीय अधिकारीहरूसँग गजनीको अवस्थाबारे गरिएको प्रश्नमा उनीहरूले कुनै प्रतिक्रिया दिन चाहेनन् । विगत तीनदेखि भएका भीडन्तमा भएको मानवीय तथा अन्य भौतिक क्षतिबारेका सूचना पुष्टी गर्न कठीन रहेको उनीहरूले बताए ।
गजनीको भीडन्तबारे तालिवानी समूहबाट सोमबार समाचार तयार पार्दासम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।
तालिवानी समूहले करिब १७ बर्षदेखि सरकार विरुद्ध गर्दै आएको युद्धलाई स्थायी रूपमा अन्त्य गर्न तालिवानी समूहमाथि दवाव आइरहेका समय विद्रोहीले आफ्नो शक्ति कमजोर अवस्थामा नपुगेको पुष्टी गर्नका लागि उनीहरू उद्दत भएको पाइएको अफगानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सरकारले मुसलमानहरूको मुख्य पर्व इदका अवसरमा सरकार र तालिवान समूहले गत जुनमा गरेको युद्धविरामसँगै दुवै पक्षले युद्धविराम चाहेका भन्ने भनाईहरू आइरहेका समय तालिवान समूहले गजनीमाथि आक्रमण गरेको हो । इदका अवसरमा दुवैपक्षबाट भएको अस्थायी युद्धविरामको युद्धबाट थकित बनेका अफगानी सर्वसाधारणले राहतको महशुस गर्दै प्रशंसा गरेका थिए ।
गजनी शहर काबुल–कान्दहर राजमार्गमा पर्ने विद्रोही वियन्त्रित दक्षिण र सरकारको उपस्थिति रहेको क्षेत्रको मुख्य प्रवेशद्वार हो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने