काठमाडौँ, २६ साउन – पाकिस्तानलाई क्रिकेटको दुनियाँमा सफलताको शिखरमा पुरयाउन सफल इमरान खानले देशको कार्यकारी प्रमुखको रुपमा सपथ अगामी अगष्ट १८ लिनु हुने उहाँको पार्टीले शुक्रबार जानकारी दिएको छ । त्यस्तो कुनै अप्रिय घटना भएन भने यही अगष्ट १४ अगावै उहाँले सपथ लिनुहुने अन्तरराष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएको थियो । प्रत्येक वर्ष अगष्ट १४ मा पाकिस्तानको स्वतन्त्रता दिवस पर्छ । सन् १९४७ को अगष्ट १४ मा पाकिस्तान भारतबाट छुट्टिएर अलग्गै राष्ट्र बनेको हो । राष्ट्रपतिले त्यस अगावै नयाँ प्रधानमन्त्रीलाई सपथ गराउने कार्यक्रम बनाएको थियो । तर गठबन्धनको लागि प्रयाप्त संख्या नपुगेपछि अगष्ट १४ अगाबै सपथग्रहण हुन नसक्ने उहाँको पार्टीको भनाइ छ ।
पाकिस्तानका परम्परागत राजनीतिक शक्तिका रुपमा रहेका ठूला दल यसपालि पाखा लागेका छन् र यी क्रिकेट ‘स्टार’ले जनमत बटुल्नु भएको छ । उहाँलाई पाकिस्तानी जनताले स्पष्ट बहुमत नै नदिए पनि मिलीजुली सरकार निर्माणको लागि मत भने दिएका छन् । जसका कारण पाकिस्तानको अबको राजनीतिक यात्रा एउटा नयाँ तर वैकल्पिक शक्तिकारुपमा उदाएको दलले अगाडि बढाउने छ । गत महिना पाकिस्तानमा भएको आमनिर्वाचनले यो परिणाम दिइसकेको छ ।
तर पाकिस्तानको यो पछिल्लो आमनिर्वाचनको एउटा संयोग के भएको छ भने पहिलो दल बन्न सफल इमरान खानको पाकिस्तान तेहरिक इन्सान, पिटीआइले पाकिस्तानमा निवर्तमान प्रधानमन्त्री तथा मुस्लिम लिगका नेता नवाज शरिफका विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गराएको थियो । त्यसै मुद्दाबाट शरिफ जेल जानुभएको छ भने इमरान खानको दल सबैभन्दा ठूलो भई सत्तारोहणको तयारी गर्दैछ । त्यसैले कतिपयले यसलाई संयोगभन्दा बढी सुनियोजित भनेका छन् । यतिखेरका पाकिस्तानी सञ्चार माध्यमहरुमा व्यापक चर्चा यो पनि छ ।
खानले सपथको कार्यक्रम गर्ने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै पथ पछ्याउँदै त्यस समारोहमा सार्क देशका सरकार प्रमुखहरुलाई पनि आमन्त्रण गर्ने योजना सार्वजनिक गर्नुभएको थियो । तर पछिल्लो कार्यक्रममा त्यो योजना भने समावेश देखिएन । तर पनि आगामी १८ अगष्टको सपथ समारोहको अयोजना गर्ने भन्ने विषयमा भने व्यापक मात्रामा तयारी भएको बुझिएको छ । तर जे जस्तो भए पनि आगामी सरकारका लागि उहाँको सपथ र नेतृत्व भने चर्चाकै शिखरमा रहने छ । क्रिकेटमा सफलता हासिल गरेका व्यक्तिले मुलुक हाँक्ने काममा के कस्तो सफलता प्राप्त गर्नुहुने हो भन्ने चासो सबैमा छ र त्यो हुनु स्वाभाविक पनि हो ।
चुनाव जितेमा पाकिस्तानमा व्यापक बन्दै गएको भ्रष्टाचारको अन्त्य गर्ने, आतङ्कवादको अन्त्य गर्ने र भारतसँगको सम्बन्ध विस्तार गर्ने एजेण्डा उहाँले चुनावी एजेण्डा बनाउनुभएको थियो । त्यसैले यी एजेण्डाको कार्यान्वयनमा उहाँले कसरी सफलता प्राप्त गर्नुहुनेछ भन्ने बारेमा पाकिस्तानमा बहस र चर्चा पनि शुरु भएको छ । पाकिस्तानमा उहाँलाई क्रिकेटको एक कप्तान कसरी सत्ताको बागडोर सम्हाल्ने कप्तानका रुपमा काम गर्न सक्छ भनेर पनि विश्लेषण गरिएको छ । तर यी काम गर्नसक्ने गरी नै इमरानको उदय भएको चर्चा अहिले पाकिस्तानमा गरिँदैछ ।
निर्वाचनमा सबैभन्दा ठूलो दलका रुपमा इमरान खानको दल तेहरिक–ए–इन्साफ (पिटीआइ)ले ११५ स्थानमा जित हासिल ग¥यो । पिटीआइले गत सोमबार खानलाई नै प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारयो । अगष्ट १८ मा उहाँलाई प्रधानमन्त्रीको रुपमा सपथ गराउने बताइएको छ । पार्टीेले सरकार बनाउन आवश्यक १३७ सिटको लागि यहाँका साना र स्वतन्त्र दलसँग गठबन्धनको कोशिस गर्ने निर्णय पनि गरेको छ । प्रमुख तीन दलमध्ये पूर्वप्रधानमन्त्री नवाज शरिफको पार्टीले ६३ र पाकिस्तान पिपुल्स पार्टीले ३९ स्थानमा जित हात पारेका छन् । कूल ३४२ स्थान रहेको पाकिस्तानी संसद्मा २७२ स्थानका लागि प्रत्यक्ष निर्वाचन हुने गर्दछ । बाँकी सदस्य महिला र अल्पसंख्यक समुदायका लागि आरक्षित गरिएका छन् ।
इमरानको जन्म १९५२ को नोभेम्बरमा भएको थियो । पाकिस्तानी क्रिकेटरबाट सन्यास लिएपछि उहाँले राजनीतिक जीवन शुरु गर्नुभएको हो । उहाँ सन् २०१३ मा नै सांसद पदमा विजय हासिल गर्नुभएको थियो । सन् १०९० दशकको मध्यबाट उहाँले राजनीतिक यात्रा थाल्नुभएको थियो । पाकिस्तानी क्रिकेट टिममा उहाँले सन् १९७१ देखि १९९२ सम्म खेल्नुभएको थियो । सन् १९८२ देखि उनी १९९२ सम्म पाकिस्तानी क्रिकेट टिमको कप्तानका रुपमा काम गर्दा पनि उहाँ चर्चित नै व्यक्ति हो । सन् १९८७ मा उहाँले क्रिकेटबाट सन्यास लिएको भएता पनि १९८८ मा उहाँलाई पुनः क्रिकेट टिममा समावेश गर्न आग्रह गरियो । खानले ३९ वर्षको उमेरमा पाकिस्तानलाई विश्वकपमा विजयी गराउनुभयो । उहाँले तीन हजार ८०७ रन र ३६२ विकेटको रेकर्ड पनि बनाउन सफल हुनुभयो । सन् १९९६ मा खानले ‘पाकिस्तान तेहरिक–ए–इन्साफ (न्यायको लागि आन्दोलन) नामको राजनीतिक पार्टीको स्थापना गरी यसको अध्यक्ष बन्नुभयो ।
यही पार्टीको राजनीतिक यात्राले उहाँलाई पाकिस्तानको प्रधानमन्त्रीको पदसम्म पुरयायो । आफ्नो सपथग्रहणमा छिमेक देश र अन्य देशका केही राजनीतिक नेता नभई भारतीय प्रख्यात क्रिकेटरहरु र अभिनेता आमिर खानलाई बोलाउने उहाँको सोँच रहेको छ, यद्यपी यो निर्णय भने भइसकेको छैन । उहाँले निर्वाचनमा गरेको भारतसँगको सम्बन्ध विस्तारको एजेण्डमा यो पहलले पनि केही सहयोग पुरयाउन सक्ने अपेक्षा भने गरिएको छ ।
पाकिस्तानको शासन सत्ताको बागडोर आफूले सम्हालेलगत्तै भिन्न किसिमबाट मुलुकलाई अघि लैजाने बाचा खानले गर्नुभएको छ । सरकारी निकायको क्षमता सुदृढ गर्ने तथा सम्मान र समानताका आधारमा परराष्ट्र सम्बन्ध विकास गर्ने पनि उहाँले बताउनु भएको छ । पाकिस्तानमा सत्तासिन एक पार्टीले अर्को पार्टीलाई लगाउने गरेको भ्रष्ट्राचारको आरोपजस्ता कार्यलाई निर्मुल पार्न भ्रष्ट्राचार नै नियन्त्रणको काम गर्ने उहाँले बताउनु भएको छ । विपक्षीले चुनावमा धाँधली भएको आरोप लगाइरहेको अवस्थामा ७१ वर्षको इतिहास रहेको यस मुलुकलाई कसरी हाँक्नुहुन्छ भन्ने विषयमा जनता उत्सुक नै भइरहेका छन् ।
वास्तविकता के हो भने पाकिस्तान पार्टीहरु भ्रष्ट्राचारको दलदलमा फसेकोले यस पटक नागरिकले नयाँ र वैकल्पिक शक्तिलाई रोजेका छन् । यस निर्वाचनले स्थापित गर्न खोजेको इमरान खानको पार्टीले यहाँका परम्परागत र पुरानो विरासत भएका अरु पार्टीलाई एक किसिमले भन्ने हो भने विस्थापित नै गरेको देखिन्छ र एक सशक्त वैकल्पिक शक्तिको नेतृत्व पनि गरेको देखिन्छ ।
पाकिस्तानी तालिबान, अल कायदा र इस्लामिक स्टेट्स आतङ्ककारी समूहले तहसनहस बनाएको देश पाकिस्तानमा इमारनको पार्टी १३७ स्थानमा जितेको भए एकलौटी निर्णयले केही गथ्र्यो होला । तर अबको गठबन्धन सरकार निर्माणमा गर्नु पर्ने र उहाँले चुनौतिको सामाना गर्नु पर्ने अवस्था छ । आतङ्कवादले सताएको र राजनीतिमा पनि सेनाको भित्री सहयोग चाहिने गरेको भनिएको यस देशमा खेलकूद क्षेत्रका यी सफल व्यक्तित्वले राजनीतिक सफलता पनि हासिल गर्न सकुन् भन्ने कामना गर्नेको सङ्ख्या बढी नै छ ।
(विभिन्न एजेन्सीको सहयोगमा)
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम