मताराम, इन्डोनेसिया, २६ साउन – इन्डोनेसियाको लोम्बोक द्वीपमा एक हप्ता अगाडि गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ३८७ पुगेको छ ।
भूकम्पको कारण हजारौ विस्थापित भएका छन् । ती व्यक्ति स्थानीय शरणार्थीस्थलमा बसोबास गर्न बाध्य भएका छन् । भूकम्प गएका एक हप्ता बिति सक्दा पनि पीडितलाई खाध्य पदार्थ, औषधि र सफा खानेपानीलगायत सुत्ने स्थानको समेत कमी भएको अधिकारीले जानकारी दिएका छन् ।
इन्डोनेसियामा यसै क्षेत्रमा ६.४ म्याग्नीच्यूडको भूकम्पमा परी १७ जनाको मृत्यु भएको एक हप्तापछि नै ६.९ म्याग्नीच्यूडको अर्को शक्तिशाली भूकम्प गएको हो ।
उद्धारकर्ता भूकम्पको बढी प्रभावित क्षेत्रमा प्रवेश गरेलगतै यो सङ्ख्या बढेर ३८७ पुगेको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् ।
यस भूकम्पको केन्द्रविन्दु लोम्बोकबाट १८ किलोमिटर उत्तरपश्चिममा जमिनको सतहबाट करिब १५ किलोमिटर गहिरो रहेको बताइएको छ ।
साथै यस भूकम्पमा परी करिब १३ हजार व्यक्ति घाइते भएका र दुई लाख विस्थापित भएका राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले जानकारी दिनुभएको छ ।
सन् २००४ डिसेम्बरमा इन्डोनेसियाको सुमात्रामा ९.१ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पपछि सुनामी आएको थियो । जसका कारण एक दर्जन तटीय क्षेत्रका दुई लाख ३० हजार भन्दाबढी मानिसको मृत्यु भएको थियो ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी