रियाद, २५ साउन – साउदी अरब नेतृत्वको गठबन्धनले यमनमा बसमा बिहीबार गरिएको आक्रमणको छानविन गर्ने जनाएको छ ।
हवाई आक्रमणमा परी बसमा रहेका कम्तीमा २९ बालबालिकाको मृत्यु भएको घटनाको सर्वत्र विरोध भएपछि गठबन्धनले छानविन गर्ने प्रतिवद्धता गरेको हो ।
“गठबन्धनको नेतृत्वले घटनाका बारेमा छानविन गर्न निर्देशन दिएको छ, तत्काल छानविन प्रक्रिया सुरु गर्न भनिएको छ,” गठबन्धनका एक उच्च अधिकारीले भने ।
यमन सरकारलाई सहयोग गर्दै आएको साउदी नेतृत्वको गठबन्धनलाई आक्रमणमा दोषी रहेको आरोप हुथी विद्रोहीले लगाएको थियो ।
यमनी विद्रोहीको नियन्त्रणमा रहेको ठाउँमा भएको घटनाको राष्ट्रसंघ, अन्तर्राष्ट्रिय रेडक्रसलगायतका अधिकारवादी संघसंस्थाहरुले निन्दा गरेका थिए ।
गत हप्ता बिहीबार नै भएको एक आक्रमणमा ५५ सर्वसाधारणको मृत्यु भएको थियो भने १७० जना घाइते भएका थिए ।
यमनमा सन् २०१५ देखि शुरु भएको युद्धका कारण अहिलेसम्म १० हजारभन्दा बढी मानिसको मृत्यु भएको राष्ट्रसङ्घको तथ्याङ्कमा उल्लेख छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल