
मुम्बइ, २४ साउन – भारतीय फिल्म स्टार कमल हसन राजनीतिमा आउने तयारी गर्नु भएको छ । झण्डै आधा शताब्दीदेखि फिल्म क्षेत्रमा सक्रिय हसनले झण्डै २०० ओटा फिल्ममा काम गर्नु भएको छ । उहाँलाई भारतको फिल्म क्षेत्रमा सम्मानित दिइने व्यक्तिका रुपमा लिइन्छ ।
फिल्म सेन्सरसिपको झमेलामा पर्नुभएका ६३ बर्षीय हसनले हालै आफ्नो नयाँ राजनीतिक पार्टी गठन गर्नुभएको छ । उहाँले सो पार्टी मार्फत् कलाकारहरूको अधिकार र स्वतन्त्रताका लागि लड्ने योजना पनि बनाउनु भएको छ ।
“यस्तो देशभरी नै भइरहेको छ, यो निकै चुनौतीपुर्ण पनि छ, सवै कलाकारले अव आफ्नो अधिकारका लागि बोल्ने छन्,” एएफपीसँगको एउटा अन्तर्वार्तामा उहाँले तमिलनाडुमा भन्नुभयो ।
थुप्रै पुरस्कार तथा सम्मान प्राप्त गरेका र ‘बक्स अफिस’मा लोकप्रियता हासिल गरेका कलाकारहरुले त्यो लोकप्रियतालाई मतपेटिकामा रुपान्तरण गर्ने अपेक्षा गरिएको छ । हसनले ‘मक्का निधी मैम’ नामक पार्टी गत फेब्रुअरीमा गठन गर्नुभएको थियो । तमिलनाडुलाई आधार बनाएर बनाइएको पार्टीलाई स्थानीय भाषामा जनताको न्याय केन्द्र भनिएको छ । यो पार्टीले आगामी आम निर्वाचनमा पहिलो पटक भाग लिने बताइएको छ ।
सन् २०१९ मा हुने निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दोस्रो कार्यकालका लागि प्रधानमन्त्री हुनेगरी प्रतिस्पर्धा गर्नुहुने भएको छ । हसनले आफ्नो पार्टी वाकस्वतन्त्रताका लागि लड्नुका साथै धार्मिक विविधताको राष्ट्रिय विषेशताको रक्षाका लागि क्रियाशिल रहेको बताउनु भएको छ । ‘मैले अहिलेको अवस्थालाई चुनौती दिन चाहन्छु, मैले केन्द्रियताका लागि यो गरिरहेको छैन, मेरो उद्धेश्य पुरा भएपछि मैले राजीनामा दिन चाहन्छु’- उहाँले भन्नुभयो ।
हसनले भारतका तमिल, तेलुगु, मालायालाम र हिन्दी भाषाका धेरै फिल्महरु उत्पादन, निर्देशन र गित गाउने गर्नु भएको छ ।
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै