
मुम्बइ, २४ साउन – भारतीय फिल्म स्टार कमल हसन राजनीतिमा आउने तयारी गर्नु भएको छ । झण्डै आधा शताब्दीदेखि फिल्म क्षेत्रमा सक्रिय हसनले झण्डै २०० ओटा फिल्ममा काम गर्नु भएको छ । उहाँलाई भारतको फिल्म क्षेत्रमा सम्मानित दिइने व्यक्तिका रुपमा लिइन्छ ।
फिल्म सेन्सरसिपको झमेलामा पर्नुभएका ६३ बर्षीय हसनले हालै आफ्नो नयाँ राजनीतिक पार्टी गठन गर्नुभएको छ । उहाँले सो पार्टी मार्फत् कलाकारहरूको अधिकार र स्वतन्त्रताका लागि लड्ने योजना पनि बनाउनु भएको छ ।
“यस्तो देशभरी नै भइरहेको छ, यो निकै चुनौतीपुर्ण पनि छ, सवै कलाकारले अव आफ्नो अधिकारका लागि बोल्ने छन्,” एएफपीसँगको एउटा अन्तर्वार्तामा उहाँले तमिलनाडुमा भन्नुभयो ।
थुप्रै पुरस्कार तथा सम्मान प्राप्त गरेका र ‘बक्स अफिस’मा लोकप्रियता हासिल गरेका कलाकारहरुले त्यो लोकप्रियतालाई मतपेटिकामा रुपान्तरण गर्ने अपेक्षा गरिएको छ । हसनले ‘मक्का निधी मैम’ नामक पार्टी गत फेब्रुअरीमा गठन गर्नुभएको थियो । तमिलनाडुलाई आधार बनाएर बनाइएको पार्टीलाई स्थानीय भाषामा जनताको न्याय केन्द्र भनिएको छ । यो पार्टीले आगामी आम निर्वाचनमा पहिलो पटक भाग लिने बताइएको छ ।
सन् २०१९ मा हुने निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दोस्रो कार्यकालका लागि प्रधानमन्त्री हुनेगरी प्रतिस्पर्धा गर्नुहुने भएको छ । हसनले आफ्नो पार्टी वाकस्वतन्त्रताका लागि लड्नुका साथै धार्मिक विविधताको राष्ट्रिय विषेशताको रक्षाका लागि क्रियाशिल रहेको बताउनु भएको छ । ‘मैले अहिलेको अवस्थालाई चुनौती दिन चाहन्छु, मैले केन्द्रियताका लागि यो गरिरहेको छैन, मेरो उद्धेश्य पुरा भएपछि मैले राजीनामा दिन चाहन्छु’- उहाँले भन्नुभयो ।
हसनले भारतका तमिल, तेलुगु, मालायालाम र हिन्दी भाषाका धेरै फिल्महरु उत्पादन, निर्देशन र गित गाउने गर्नु भएको छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल