काठमाडौँ-बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिका रुपमा बिहीबारदेखि नेपाली सेनाको कमाण्ड सम्हाल्दै छन् ।
प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार आयोजित विशेष समारोहमा बलाधिकृतरथी थापालाई नेपाली सेना बुझबुझारथ गर्नेछन् । प्रधानसेनापतिले आफ्नो कार्यकाल सकिनुभन्दा एक महिनाअघिदेखि बिदा बस्ने परम्पराअनुरुप प्रधानसेनापति क्षत्रीले कमाण्ड हस्तान्तरण गर्न लागेका हुन् ।
बलाधिकृतरथी थापाले भदौ २३ गतेदेखि मात्र नेपालको ४३औँ प्रधानसेनापतिको पूर्ण जिम्मेवारी सम्हाल्नुहुनेछ । विसं २०१७ भदौ २५ गते गाउँ शहरमा जन्मिएका बलाधिकृत थापा विसं २०३६ मा नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना भएर नेपाली सेनामा प्रवेश गरेका थिए ।
उनी नेपाली सेनाभित्रका विवादरहित सैनिक अधिकृतका रूपमा चिनिन्छन् । अधिकृतहरुको वृत्ति विकासमा काम गर्ने सैनिक सचिव विभाग, नेपाली सेनाका भुपु तथा वहालवाला सैनिकहरुको हित र कल्याणका लागि काम गर्ने सैनिक कल्याणकारी कोष, कार्यरथी विभाग, प्रवन्ध तथा सम्भार रथीको कार्यलय, शान्ति सेना सञ्चालन निर्देशनालय, बाहिनी, पृतना, बलाध्यक्षको कार्यलय, बलाधिकृतको कार्यलयलगायतका नेपाली सेनाभित्रका सबैजसो महत्वपूर्ण र गहन जिम्मेवारी बोकेका कार्यलय तथा विभागहरुको नेतृत्व उनले सम्हालेका थिए ।
३६ वर्ष लामो सैनिक सेवाको दौरान थापाले विभिन्न तहमा विविध कमाण्ड तथा स्टाफ नियुक्तिहरु सम्हाल्नुका साथै देश तथा विदेशमा थुप्रै तालिम, सेमिनार एवं अभ्यासहरुमा सहभागी अनुभव संगाल्ने अवसर पाएका छन् ।
थापाले संयुक्त राष्ट्रसंघ र शान्ति मिसनका विभिन्न जिम्मेवारीमा रहेर पनि काम गरिसकेका छन् ।
सुकुम्बासी आमाहरुको नाममा [कविता]
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय
काठमाडौं थापाथलीको सुकुमवासी बस्ती हटाउन थालियो, बिहानैदेखि चल्यो डोजर
चार मिस नेपाल र दिल श्रेष्ठको जोडी ‘माया भनेकै यस्तो होला’ मा
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतको फैसला स्वीकार गर्ने
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर