‘खराव वातावरणीय कानून’ का कारण अमेरिकी राज्य क्यालिफोर्नियाको डढेलोलाई नियन्त्रणमा ल्याउन समस्या परेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार बताउनुभएको छ ।
कानूनले उपलब्ध पानीलाई उचित ढङ्गले उपयोग गर्न अनुमति नदिएपछि राज्य नै डढेलोका कारण आक्रान्त बनेको अमेरिकी राष्ट्रपतिले दावी गर्नुभयो ।
राष्ट्रपति ट्रम्पले भन्नुभयो, “क्यालिफोर्नियाको डढेलो दिनप्रतिदिन फैलिएको छ र यसले राज्यका जनतामा नराम्रो प्रभाव परेको तर यस अवस्थामा पनि उपलब्ध पानीलाई यथोचित रूपमा उपयोग गर्न वातावरण कानून समस्या भएको छ ।” क्यालिफोर्नियाको पानी प्रशान्त महासागरतर्फ लगिएकोले आगो निभाउन पानीको अभाव भएको उहाँको दावी थियो ।
“आगो नियन्त्रणका लागि रूखहरू फाँड्न जरूरी छ तर वातावरण कानूनले यसलाई रोक्छ,” राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीटर पेजमा उल्लेख गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपतिले थप लेख्नुभएको छ, क्यालिफोर्नियाका गभर्नर जेरी ब्राउन ले पानीको वहावलाई उत्तरबाट स्वतन्त्र बग्न दिनुपर्नेमा ‘मूखर्तापूर्ण तरिकाले प्रशान्त महासागरतर्फ लगिएको’ छ । प्रशस्त पानीसहितको क्यालिफोर्नियाको कल्पना गरौँ त यो पक्कै पनि राम्रो हुनेछ । संघीय सरकारले छिट्टै स्वीकृति दिनु पर्छ, ट्वीटर सन्देशमा उल्लेख गरिएको छ ।
क्यालिफोर्नियामा विनासकारी डढेलोले राज्यमा वितण्डा मच्चाएको छ । यसका कारण राज्यकै इतिहासमा दोस्रो ठूलो क्षति पुरयाएको बताइएको छ ।
विभिन्न १७ स्थानमा फैलिएको डढेलो नियन्त्रणका लागि हजारौँ अग्नी नियन्त्रकले अनवरत काम खटिरहेको भएपनि एक हप्ता पहिलेदेखि शुरु भएको आगो अझै तातो, सुख्खा तथा तुफानी रूपमा फैलिइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त