सिओल, २२ साउन – दक्षिण कोरियाले उत्तर कोरियाका लागि सरकारी स्तरबाटै मानवीय सहायता कार्यक्रम पुनः आरम्भ गर्ने तयारी गरेको छ । राष्ट्रसङ्घीय कार्यालयको अग्रसरतामा निर्माण गरिएको नयाँ निर्देशिका बमोजिम यस्तो सहायता कार्यक्रम अघि बढाउन लागिएको अधिकारीहरुले बताएका छन् ।
एक वर्षअघि, दक्षिण कोरियाले विश्व खाद्य कार्यक्रम र युनिसेफ मार्फत करिब ८० लाख अमेरिकी डलरको पोषणयुक्त खानेकुरा र खोपहरु जस्ता सहायता सामग्री प्रदान गरेको थियो ।
तर उत्तर कोरियाले आणविक परीक्षण समेतका कृयाकलापहरु अघि बढाएसँगै यो कार्यक्रम रोकिएको थियो ।
खाद्य उत्पादनमा आएको गिरावट र कुपोषणको अवस्थाबाट सङ्कटमा परेको उत्तर कोरियाका लागि मानवीय सहायता उपलब्ध गराउने अमेरिकी प्रस्तावलाई राष्ट्रसङ्घीय सुरक्षा परिषदले मन्जुरी दिएको छ ।
नयाँ निर्देशिका बमोजिम राष्ट्रसङ्घ र अन्य समूहहरुलाई उत्तर कोरियामा आफ्ना कृयाकलाप अघि बढाउन सहज भएको छ । सुरक्षा परिषद् समितिले नै उत्तर कोरियाली सरकारमाथि लागेका प्रतिबन्धहरुको कार्यान्वयन अनुगमन गरिरहेको छ ।
“हाम्रो सरकारले ८० लाख अमेरिकी डलर नै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ,” नाम नबताउने शर्तमा ती अधिकारीले बताए । “अब काममा तीव्र प्रगति हुने अपेक्षा गरिएको छ ।”
राष्ट्रसङ्घको नयाँ व्यवस्थाले उत्तर कोरियाका लागि थप मानवीय सहायता जुटाउन सिओललाई पनि बाटो खुलेको छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी